सरकार फेरिएसँगै कर्मचारी फेर्ने प्रवृत्ति राम्रो होइन : सांसद शर्मा « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सरकार फेरिएसँगै कर्मचारी फेर्ने प्रवृत्ति राम्रो होइन : सांसद शर्मा


३२ श्रावण २०८१, शुक्रबार


काठमाडौँ । संसद मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो । कानून निर्माण कार्यान्वयनमा संसदले महत्तवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । तर, संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानून निर्माण हुन बाँकी नै छन् । 

कानून निर्माणमा केन्द्रित हुनुपर्ने सांसदहरु आफ्नो भूमिका प्रति सन्तुष्ट हुन सकिरहेका छैनन् । नेकपा माओवादी केन्द्रका सांसद नारायणी शर्माको अनुभव पनि यस्तै छ । नीति तथा कानून निर्माणका लागि नीतिगत बहस र छलफलमा केन्द्रित हुनुपर्नेमा अन्य विषयमा केन्द्रित हुँदा आफ्नो भूमिकाप्रति पूर्ण सन्तुष्ट हुने अवस्था नभएको हो कि भन्ने शर्मालाई लागेको छ ।

संसदीय भूमिका, कर्मचारीतन्त्रलगायतका विषयमा नेकपा माओवादी केन्द्रका सांसद नारायणी शर्मासँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?
संसदमा बोल्नका लागि आकस्मिक समय, शून्य समय र विशेष समय हुने गर्दछ । मैले शून्य समयमा नै बोल्ने गरेकी छु । जिल्लाका समस्या प्राथमिक रूपमा राख्ने गरेकी छु ।

देशका समस्या र आफूले देखेका समस्याहरू पनि संसदमा राख्ने गरेकी छु । आकस्मिक समयमा जिल्लामा घटेका आकस्मिक घटनाहरू उठाउने गरेकी छु । पार्टीले उपलब्ध गराउने विशेष समयमा पनि बोल्ने गरेकी छु । 

सांसदको भूमिका विधेयकमाथि छलफल गर्ने, आफ्नो राय राख्ने र कानून बनाउने हो । यो विषयमा निरन्तर काम गरेकी छु । सदन र समितिमा आफ्नो ठाउँबाट निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्दै आएकी छु ।

सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?
संसदमा आफूले खेलेको भूमिकामा पूर्ण सन्तुुष्ट हुने स्थिति छैन । संसद सार्वभौम ठाउँ हो । देशलाई अघि बढाउन र जनताका समस्या फुकाउनका लागि संसदमा सांसदको भूमिका हुन्छ । जनतालाई सुशासनको प्रत्याभूति गराउने भनेको सांसदकै भूमिकाबाट हो ।

जनताको अपेक्षा अनुसार पूर्णरुपमा सन्तुुष्ट हुने गरी भूमिका निर्वाह गर्न सकियो जस्तो लागेको छैन । यो मेरो व्यक्तिगत कुरा मात्र भन्दा पनि सरकार, सदन, समितिसँगै समग्र क्षेत्रसँग पनि जोडिन्छ । सरकारको अस्थिरताको कारण पनि सांसदको रूपमा सन्तुुष्ट हुने गरी भूमिका खेल्न पाइएको छैन ।

सदनमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?
सांसदले बोलेका कुराहरूलाई सम्बोधन गर्ने र उठाएका समस्याहरू समाधान गर्ने तर्फ प्रक्रिया नै सुरु नभएको वा प्रयास नगरिएको हो जस्तो लाग्दैन । तर, जति प्रश्न उठेका छन्, संसदमा जति कुरा राखिएको छ । त्यसमा केही विषयहरू औपचारिकतामा सीमित भए जस्तो लाग्छ ।

समस्या सुन्ने, बनावटी उत्तर दिने, हुन्छ, हुँदैछ भन्ने । औपचारिकतामै सीमित भएको जस्तो लाग्छ । जनताका समस्यालाई सांसदहरुले प्राथमिकताका साथ उठाएका हुन्छन् । तर, त्यो मर्म अनुसार सम्बोधन भएजस्तो लाग्दैन । भएका निर्णयको पनि कार्यान्वयनमा समस्या छ ।

सांसदको काम विकास गर्ने कि कानून बनाउने ?
जनतासँग भेट्दा उनीहरूको अपेक्षा भनेको विकास निर्माणसँग सम्बन्धित विषय नै हुन्छ ।  चुनावको समयमा दलहरूले पनि विकास निर्माणका विषयमा नै बाचा गरेका हुन्छन् । त्यसकारण जनअपेक्षा विकास निर्माणप्रति रहन्छ । 

सुरुमै राजनीतिक दलहरूले सांसदको भूमिकाका विषयमा बुझाएको भए जनअपेक्षा फरक हुने थियो होला । सांसदको भूमिका बारे जनतालाई बुझाउन सकिरहेका छैनौँ कि जस्तो पनि लाग्छ ।

सांसदहरूको मुख्य भूमिका भनेको नीति निर्माण गर्ने हो । कानून बनाउने हो । सदनमा मैले पटक पटक भनेकी छु, विकास निर्माणको कुरा स्थानीय तहलाई दिउँ, बजेट स्थानीय सरकारमा पठाऊ । प्रदेश र स्थानीय तहलाई विकास निर्माणमा जोडौँ । र संघबाट यसको अनुगमन गरौँ भनेकी छु ।  र गर्नुपर्ने पनि यही नै हो । 

धारो छैन, पानी छैन, बाटो छैन, भएको बाटो पनि भत्किएको छ, अस्पताल छैन, यातायातको सुविधा छैन, रोजगारी छैन । यस्ता समस्यालाई जोडेर जनताले अपेक्षा गर्नु स्वभाविक हो । 

संघीय सरकारले संघीयतालाई आत्मसाथ गरेर अगाडी बढ्ने हो र माथिको बजेटलाई स्थानीय तहमा पठाउने र संघ (सांसद)बाट अनुगमन गर्नुपर्ने हो । यो ग¥यो भने हामी विकास भन्दा कानून निर्माणमा केन्द्रित हुन पाउने थियौँ । 

कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
कर्मचारीतन्त्र आफ्नो भूमिका पूरा गर्ने भन्दा पनि जसको सरकार आउँछ उसैतिर ढल्केको देखिन्छ । जनताका खास अपेक्षा पुरा गर्ने तर्फ भन्दा पनि सरकारको दयामायामा अघि बढेको अनुभूति हुन्छ । जुन पार्टीको सरकार उही पार्टी तिर ढल्के जस्तो देखिन्छ । तर, कर्मचारीले पार्टी तिर ढल्किने होइन, आफ्नो नीति र मर्यादामा रहनुपर्ने हो । यो भएको देखिँदैन ।

नाम चलेको पार्टीका सांसदहरुलाई हेर्ने र अन्य पार्टीका सांसदहरुलाई हेर्ने दृष्टिकोण पनि फरक छ ।

सरकार परिवर्तन भए लगतै कर्मचारीहरूलाई सरुवा गर्नै पर्छ ? तपाईँलाई के लाग्छ ?
सरकार परिवर्तन भए लगतै कर्मचारीहरू सरुवा नै गर्नुपर्छ जस्तो लाग्दैन । कर्मचारीको क्षमता र दक्षता अनुसारको भूमिका दिनुपर्ने र सम्बन्धित स्थानमा सरुवा गर्नुपर्ने हुन सक्छ । तर, सरकार परिवर्तन भएसँगै कर्मचारी सरुवा गर्ने र कसैलाई खुसी पारेर राम्रो ठाउँमा जान लागि पर्ने प्रवृत्ति गलत छ ।

सरकार परिवर्तन भए लगतै कर्मचारी सरुवा गर्ने प्रवृत्ति राम्रो होइन । एउटा मन्त्री आउँदा अर्को सचिव आउनुपर्ने, अर्को मन्त्री आउँदा अर्को सचिव आउनुपर्ने यो प्रवृत्ति राम्रो होइन । मान्छे (मन्त्री) पिच्छे कर्मचारी परिवर्तन गर्ने प्रवृत्तिलाई राम्रो मान्न सकिँदैन ।

एउटा सचिवलाई कम्तिमा एकदेखि दुई वर्षसम्म एकै स्थानमा रहेर काम गर्न दिनुपर्छ । अनि उसले बल्ल परिणाम देखिने गरी काम गर्न सक्छ । ६ महिना एक ठाउँ बस्यो, ६ महिना अर्को ठाउँ बस्यो । सरकार फेरिए लगत्तै सरुवा ग¥यो, यसले परिणाम आउन सक्दैन ।

सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँको सुझाव के छ ?
सार्वजनिक सेवा सुधारका लागि सूचना प्रविधिको प्रयोग गर्दै अनलाइन प्रणालीमा जानुपर्छ । सिस्टममा ढाल्ने कुरा र आवश्यकता अनुसारको जनशक्ति व्यवस्था गर्नुपर्छ । 

सेवाग्राहीको भिडभाड हुने कार्यालयहरूमा आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ । अस्पतालहरूमा पर्याप्त उपकरण र चिकित्सकहरूको व्यवस्था गर्नुपर्छ । अनलाइन सिस्टमका कसरी जाने, छिटो सेवा कसरी दिने भन्ने विषयमा सरकार केन्द्रित हुनुपर्छ । 

अघिल्लो सरकारले बाटो देखाएको छ, अब त्यही रूपमा अघि बढ्नु पर्छ । सबै कुराहरू सिस्टममा समेटियो भने सेवा प्रवाह राम्रो बन्न सक्छ ।

सांसदसँग आम नागरिकको अपेक्षा के हुँदो रहेछ ?
गरिकले सामान्य कुराहरूको अपेक्षा गरेका हुन्छन् । गाउँमा झगडादेखि न्याय पाउने विषयसम्मका कुरामा नागरिकका  अपेक्षा हुन्छन् ।

आफ्ना समस्यासँग सांसद जोडियोस्, समस्याको समाधान गरिदियोस् भन्ने अपेक्षा नागरिकको हुने रहेछ । बिरामी हुँदा अस्पतालमा उपचारको व्यवस्था गरिदियोस्, यसमा ठूलो अपेक्षा हुँदैन अस्पतालमा जाँदा डाक्टरसँग भेट्न पाइयोस् भन्ने हुन्छ । विद्यालयमा पठनपाठनको व्यवस्थापन गरिदियोस् भन्ने हुन्छ ।

रोजगारीको व्यवस्था गरिदियोस्, परिवारका सदस्यलाई जागिर लगाइदिओस् भन्ने अपेक्षा नागरिकमा हुन्छ । योसँगै विकास निर्माणका कुराहरूमा पनि अपेक्षा हुने गर्छ । हरेक समस्यालाई समाधान गर्ने पहल गरोस् भन्ने अपेक्षा रहेको हुन्छ ।

सम्बन्धित समाचार : नयाँ मन्त्री आएसँगै सचिव फेर्नुपर्ने यो कस्तो सोच हो ? : सांसद गुरुङ
सम्बन्धित समाचारः प्रशासनिक संघीयता कार्यान्वयनका लागि नेतृत्वले चासो देखाएन : सांसद घर्ती  
सम्बन्धित समाचारः राजनीतिक अस्थिरताको फाइदा कर्मचारीहरूले उठाई रहेका छन् : सांसद यादव
सम्बन्धित समाचारः दरबन्दी अनुसारकै कर्मचारी पठाउने र खटाएको ठाउँमै जाने थिति बसाल्छु : मन्त्री गुप्ता
सम्बन्धित समाचारः देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ 
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ 
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार 
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही 
सम्बन्धित समाचार : एमालेलाई खेलाएर सत्तामा नाची रहन्छु भन्ने दम्भ ‘प्रचण्ड’मा देखियो : सांसद पौडेल
सम्बन्धित समाचार : राजनीतिक अस्थिरताले कर्मचारीहरूको ‘पर्फमेन्श’ राम्रो हुन सकेन : सांसद रायमाझी
सम्बन्धित समाचार : नेता ठिक भए कर्मचारीले अनियमितता गर्ने हिम्मत गर्दैन : सांसद गौतम

Tags :
प्रतिक्रिया दिनुहोस