परिचय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको स्थापना राष्ट्रिय लोकमार्ग, राष्ट्रिय रेलमार्ग, जलमार्ग लगायत देशका प्रमुख भौतिक पूर्वाधारहरुको विकास गर्ने उद्देश्यले भएको हो।यस मन्त्रालयले राष्ट्रिय यातायात विकास र सडक सुरक्षा सम्बन्धी काम पनि गर्दछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेपाल सरकारको एक महत्वपूर्ण मन्त्रालय हो । यस मन्त्रालयले देशका विभिन्न भौगोलिक क्षेत्रहरुलाई राष्ट्रिय यातायात सञ्जाल मार्फत जोडेर देशको आर्थिक र सामाजिक विकासलाई अभिवृद्धि गर्ने जिम्मेवारी लिएको छ। यस मन्त्रालयले राष्ट्रिय यातायात, राष्ट्रिय रेलमार्ग, सहरी मेट्रो, राष्ट्रिय लोकमार्ग, जलमार्ग, फ्लाईओभर जस्ता भौतिक पूर्वाधारहरूको विकाससम्बन्धी योजना, नीति तथा कार्यक्रम तयार गर्नु, र यसको कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र निरीक्षण जस्ता कार्यहरु गर्नु यस मन्त्रालयको मुख्य भूमिका रहेको छ।
यस मन्त्रालयले वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धन गर्नुका साथै सडक प्रविधिको विकास सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने काम पनि गर्दछ । यस मन्त्रालय अन्तरगत विभिन्न महाशाखा, शाखा, विभाग र कार्यालयहरु रहेका छन् ।
सेवाहरू
यस मन्त्रालयका महाशाखाहरु :
- प्रशासन महाशाखा
- योजना, अनुगमन तथा मूल्यांकन महाशाखा
- पूर्वाधार निर्माण तथा यातायात महाशाखा
- विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा
यस मन्त्रालय अन्तर्गतका विभागहरु :
- सडक विभाग
- यातायात व्यवस्था विभाग
- रेल विभाग
- नेपाल पानी जहाज कार्यालय
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयबाट प्रदान गरिने सेवा :
- स्थलमार्ग, जलमार्ग, तथा रेल्वेको निर्माण र विकास सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने गराउने ।
- सडक (घोडेटो बाटो बाहेक) तथा पुल (झोलुङ्गे पुल बाहेक) निर्माण, मर्मत संभार एवं संरक्षण सम्बन्धी काम गर्ने ।
- विभिन्न स्थलमार्ग र जलमार्गहरुको निर्माण सम्बन्धी कार्य गर्ने ।
- भौतिक योजना क्षेत्रहरुका अन्तराष्ट्रिय वा क्षेत्रीय संघ संस्थाहरुसँग सम्पर्क र सहयोग सम्बन्धी कार्य गर्ने ।
- स्थलमार्ग तथा जलमार्गको निर्माणसँग सम्बन्धित अन्तराष्ट्रिय संघ संस्थाहरुको सम्पर्क सम्बन्धी कार्य गर्ने ।
- नेपाल इन्जिनियरिङ सेवाको हाईवे उपसमूह, सम्बन्धी नियुक्ति, सरुवा, बढुवा शुरु नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यता निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी कार्य गर्ने ।
कार्यक्षेत्र
नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ बमोजिम यस मन्त्रालयलाई देहायका कार्यहरु गर्ने गरी कार्यक्षेत्र निर्धारण गरिएको छः
- राष्ट्रिय यातायात विकास र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन ;
- राष्ट्रिय यातायात पूर्वाधार सञ्जाल र अन्तरप्रादेशिक यातायात विकासको अन्तरसम्बन्ध ;
- वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धन ;
- राष्ट्रिय रेलमार्ग, सहरी मेट्रो रेललगायत रेल प्रणाली , रेल सुरक्षा प्रणालीसम्बन्धी नीति, कानून र मापदण्ड ;
- राष्ट्रिय तथा अन्तरदेशीय रेल सेवा सन्न्चालन ;
- रेलसेवा भाडादर तथा महसुल निर्धारणको मापदण्ड र नियमन ;
- राष्ट्रिय लोकमार्गसम्बन्धी नीति, कानून, मापदण्ड. कार्यान्वयन र नियमन;
- राष्ट्रिय लोकमार्गअन्तर्गतका आयोजना पहिचान, अध्ययन, निर्माण, मर्मत सम्भार, महसुल र व्यवस्थापन ;
- राष्ट्रिय लोकमार्गमा फ्रन्टल एक्सेस नियन्त्रण, शाखा सडकको पहुँच विन्दु र सडक सीमाक्षेत्रको व्यवस्थापन र नियमन ;
- राष्ट्रिय लोकमार्गसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र सूचना प्रवाह ;
- सडक प्रविधिको विकाससम्बन्धी अध्ययन र अनुसन्धान ;
- सडक तथा अन्य वैकल्पिक यातायात प्रविधि, लगानी र अन्तर्देशीय यात्रुबाहक यातायात सेवा सन्न्चालन ;
- राष्ट्रिय लोकमार्गमा सन्न्चालन हुने सार्वजनिक यातायातको रुट अनुमति, भाडा निर्धारण र नियमन ;
- सवारी साधनहरुको राष्ट्रिय मापदण्ड निर्धारण, नियन्त्रण तथा विस्थापन ;
- सडक सुरक्षासम्बन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमन ;
- केवलकार, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नीति कानून र मापदण्ड ;
- रास्ट्रिय महत्त्वका वैकल्पिक यातायातका आयोजना पहिचान, अध्ययन र विकास ;
- आधारभूत यातायात नीति र मापदण्ड ;
- मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्रास्ट्रिय संघसंस्थासंग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय ;
- मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सन्न्चालन र नियमन ;
- नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको हाइवे र रेल्वे उपसमूहको सन्न्चालन |लक्ष्यसडक, रेल, जलमार्ग तथा रज्जुमार्ग जस्ता पूर्वाधारको विकास गरी राष्ट्रिय रणनैतिक यातायात सञ्जाल मार्फत देशका विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई एक अर्कासँग आबद्ध गरी मुलुकको आर्थिक एवं सामाजिक विकास अभिवृद्धि गर्नुका साथै देशका ग्रामीण क्षेत्रहरुलाई स्थानीय बजारहरुसँग आबद्ध गरी पर्यटन, कृषि, विद्युत, उद्योग लगायत विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित कृयाकलाप एवं आयोजनाहरुलाई टेवा पुर्याउने।दुरदृष्टिराष्ट्रिय एकीकरण, आर्थिक सामाजिक विकास, गरिबी निवारण र दिगो शान्तिको लागि पूर्वाधारको विकासमा योगदान पुग्ने गरी स्तरीय, भरपर्दो, सुलभ र सुरक्षित यातायात सञ्जाल विस्तार गर्ने ।उद्देश्य
- देशका विभिन्न भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई परिपूरक हुने गरी विभिन्न मार्गहरुलाई एक अर्कोसँग आवद्ध गरी आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउन सडक, पुल, मूल बाटाहरु, रज्जुमार्ग र जलमार्गहरुको समष्टीगत विकास, विस्तार, प्रवर्द्धन गरी राष्ट्रिय यातायात प्रणालीको विकास गर्ने ।
- देशका ग्रामीण क्षेत्रका गाउँहरुलाई बजारसँग आवद्ध गर्नुका साथै पर्यटन, कृषि, उद्योग,विद्युत आदि विभिन्न आर्थिक क्षेत्रसँग सम्बन्धित राष्ट्रिय महत्वका र अन्य आर्थिक क्षेत्रको विविध कृयाकलाप एवं आयोजनाहरुमा टेवा पुर्याई सन्तुलन कायम गर्ने ।मुख्य कार्यहरु:
- स्थल, जल, रेल्वे तथा रज्जुमार्गको निर्माण र विकास सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने गराउने ।
- सडक (घोडेटो बाटो बाहेक) तथा पुल (झोलुङ्गे पुल बाहेक) निर्माण, मर्मत संभार एवं संरक्षण सम्बन्धी काम गर्ने ।
- विभिन्न स्थलमार्ग, जलमार्ग र रज्जुमार्गहरुको निर्माण सम्बन्धी कार्य गर्ने ।
- भौतिक योजना क्षेत्रहरुका अन्तराष्ट्रिय वा क्षेत्रीय संघ संस्थाहरुसँग सम्पर्क र सहयोग सम्बन्धी कार्य गर्ने ।
- स्थलमार्ग, जलमार्ग तथा रञ्जुमार्गको निर्माणसँग सम्बन्धित अन्तराष्ट्रिय संघ संस्थाहरुको सम्पर्क सम्बन्धी कार्य गर्ने ।
- नेपाल इन्जिनियरिङ सेवाको हाईवे उपसमूह, सम्बन्धी नियुक्ति, सरुवा, बढुवा शुरु नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक योग्यता निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी कार्य गर्ने ।
मुख्य कार्यहरु: