सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा पार्टीमा कुनै विवाद नभएको नागरिक उन्मुक्ति पार्टीले स्पष्ट पारेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रशासन डटकमसँग कुराकानी गर्दै वर्तमान सरकारलाई विश्वासको मत दिने स्पष्ट पारिन् ।

अध्यक्ष श्रेष्ठ र संस्थापक नेता तथा उनका श्रीमान् रेशम चौधरीबिच संघीय सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा विवाद चुलिएको विषय बाहिर आइरहेका बेला श्रेष्ठले आफ्नो पार्टीको समर्थ प्रचण्ड सरकारलाई नै रहेको स्पष्ट पारेकी हुन् । उनले भनिन्, ‘हामी सरकारमा जाने हो । सरकारमा छौँ । प्रतिपक्षमा छैनौँ । भोलि सरकारलाई विश्वासको मत दिन्छौँ ।’

संस्थापक नेता चौधरीले नयाँ सत्ता गठबन्धनलाई समर्थन नभएको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका सांसदलाई सरकारमा सहभागी गराएका थिए । सुदूरपश्चिम प्रदेश सरकारमा सांसदहरू सहभागी भएको विषयमा अध्यक्ष श्रेष्ठले सरकारबाट फिर्ता बोलाइएको जानकारी गराइन् । सत्ता गठबन्धनलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद, यसबारे पार्टीले लिएको निर्णय लगायतका विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

आज पार्टी केन्द्रीय समितिको बैठक थियो, के निर्णय गर्नु भयो ?
हामी सरकारमा जाने हो । प्रतिपक्षमा छैनौँ । भोलि सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिएका छौँ ।

यो निर्णयसँगै तपाईँको पार्टी सत्तापक्ष नै भयो होइन ?
हामी सत्तापक्षमै बसेका छौँ । नयाँ मन्त्रीमण्डल गठन भइसके पछिको संसद्मा पनि हामी सत्तापक्षमै थियौँ । अहिलेसम्म हामी सत्तापक्षमै छौँ ।

तर, कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी पनि हुनुहुन्छ ?
उहाँहरूले शपथ खानु भएको छ । मैले उहाँहरूलाई फिर्ता बोलाइ सकेको छु । विश्वासको मत लिने बेलासम्म फिर्ता हुनुहुन्छ । सरकार नै ढलेको अल्पमतमा परेको अवस्था छ ।

तपाईँको निर्देशन मान्नु भएको छैन । कारबाहीको लागि कुनै निर्णय भएको छ ?
फर्किँदै हुनुहुन्छ । यस विषयमा निर्णय लिन बैठक बसी रहेको छ ।

बहुमत सांसदहरू सुदूरपश्चिम प्रदेशमा सहभागी हुनुहुन्छ, कारबाही गर्न पनि अप्ठ्यारो देखिन्छ ?
त्यस्तो हुँदैन ।
पार्टी अध्यक्ष र संस्थापक नेताबिचको विवादले पार्टीमा समस्या आयो भन्ने आरोप छ, के भन्नु हुन्छ ?
त्यस्तो केही छैन । उहाँको पनि फरक मत छैन । मेरो नि फरक मत छैन । हाम्रो मत एउटै छ । फरक मत पार्नेहरूले फरक फरक विचार लिएर हिँड्नु भएको छ । हामी एउटैमा छौँ ।

संस्थापक नेता रेशम चौधरीलाई निर्वाचन आयोगले सदस्य बन्न पनि अयोग्य ठहर गरेका छ । यो विषयमा पार्टी कसरी अघि बढ्छ ?
निर्वाचन आयोगले कानूनसम्वत् रूपमा गरेको निर्णय हाम्रो लागि मान्य छ । उहाँ विधि विधानलाई मानेर यहाँसम्म आउनु भएको छ । अघि पनि विधि विधानलाई मान्नु हुन्छ । रेशमजी पनि कानूनविपरित जाने मान्छे होइन । कानून मान्नु हुन्छ ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी

सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा

सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल

सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे

सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही

सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान

सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह

सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह

सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी

सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल

सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा

सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी

सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती

सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 

सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल

सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल

सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे

सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ

सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी

सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी

सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी

सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?

सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा

सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा

सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 

सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले

Tags :
प्रतिक्रिया दिनुहोस