५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता ठिक भए कर्मचारीले अनियमितता गर्ने हिम्मत गर्दैन : सांसद गौतम

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमका अनुसार १२ बुँदे समझदारी, २०६२/६३ जनआन्दोलन, संविधान निर्माणका बेलामा जसरी दलहरू एक ठाउँमा थिए, अहिले त्यसै गरी फेरि एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबिचको सरकार बनाउने समझदारी सामान्य र स्वभाविक नदेखिए पनि अहिलेको विशिष्ट परिस्थितिमा विशिष्ट खालको समझदारी बनेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो समझदारीप्रति शंका र उपशङ्काहरू उब्जनु स्वभाविक हो ।’

नेताहरुले नै कर्मचारीतन्त्रलाई बर्बाद पारेको उनको बुझाई छ । राजनीतिक नेतृत्व सुध्रियो भने सबै कुरा ठिक हुँदै जाने उनलाई लागेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र कर्मचारीतन्त्रका विषयमा पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सांसद सञ्जय कुमार गौतमसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी लिनु भएको छ ?
विशिष्ट खालको परिस्थितिमा विशिष्ट खालको समझदारी बनेको छ । पहिलो र दोस्रो ठूलो दलबिचको समझदारी सामान्य रूपमा स्वभाविक र सरल देखिँदैन । विभिन्न खालका शंका र उपशङ्काहरू उब्जनु स्वभाविक हो ।

जनतामा निराशा छाएको अहिलेको अवस्थामा यसको विकल्प पनि छैन । अस्थिरताका कारण हामीले सुशासन दिन सकेका छैनौँ । जनआन्दोलन, १२ बुँदे समझदारी, संविधान निर्माणका बेलामा जसरी दलहरू एक ठाउँमा थिए, अहिले त्यसै गरी फेरि एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ । यति बेला पनि काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्छ भन्ने लागेरै यो समझदारी भएको हो ।

यो विशिष्ट परिस्थितिमा प्रमुख दलहरूले मुलुकलाई केन्द्र विन्दुमा राखेर सोचेनन् भने निराशाले अझ ठूलो आकार लिन्छ र भोलि यो विद्रोहले संविधान पनि नरहन सक्छ । त्यसैले प्रमुख दुई दलबिच समझदारी गरेको हो । अहिले हेर्दा काँग्रेस र एमाले मिले भन्ने देखिए पनि यसको उद्देश्य राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर संविधान आवश्यक देखिएका विषयहरूमा संशोधन गर्ने, मुलुकलाई स्थिरता र स्थायीत्व दिने, मुलुकमा देखिएका समस्या सम्बोधन गर्ने रहेको छ ।

भ्रष्टाचारका विषयहरू सार्वजनिक हुँदै गर्दा नेतृत्व नै मुछिने देखिएपछि प्रमुख दुई दलबिच सरकार बनाउने समझदारी बनेको हो भन्ने आरोप छ नि ?
यो स्याल कराउने र चल्ला हराउने एकै पटक परेको छ । रवि लामिछाने (उपप्रधान तथा गृहमन्त्री) जीले फाइल खोल्ने फाइल खोल्ने भनेर हाउगुजी क्रिएट गर्नु भएको छ । नैतिक धरातलमा उहाँ आफै कमजोर हुनुहुन्छ । उहाँमाथि नै सहकारीका मुद्दा तेर्सिएका छन् ।

दुई वटा नागरिकता र राहदानी बोकेको मान्छेले अन्य राजनीतिक दललाई नैतिकताको पाठ पढाउनु सान्दर्भिक हुँदैन । तर्साएर खाने कुरा पनि राम्रो होइन । प्रचण्ड (प्रधानमन्त्री)जीले पनि धेरै अवसर पाउनु भयो । तीन/तीन पटक देशको प्रधानमन्त्री भई सक्नु भयो । उहाँलाई पनि आफ्नो संख्या बडा म्याजिकल लाग्छ । मेरो विकल्प छैन जस्तो उहाँले सोच्नु भएको छ । त्यो पनि उहाँको गल्ती हो ।

भ्रष्टाचारका मुद्दाहरू जेलिएका छन् । गम्भीर प्रकृतिका छन् । यी मुद्दा सेलाउने मुद्दा पनि होइनन् । तर, बजार हल्लाको पछि लाग्नु हुँदैन । भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान हामी सरकारमा भए पनि नभए पनि हुनुपर्छ ।

नेताहरू नै भ्रष्ट हुन् भन्ने जुन जनताको बिचमा न्यारेटिभ स्थापना गर्न खोजिएको छ, यो गलत छ । सिस्टममा सुधार गर्नुपर्ने आवश्यकताको महसुस गरेका छौँ र अब त्यो सुधारका लागि काम गर्छौँ ।

एमाले र काँग्रेसले भने जस्तै संविधान संशोधन सहज छ त ?
संविधान संशोधनको विषय त्यति सजिलो छैन । यसमा अप्ठ्याराहरू आइ हाल्छन् । तर, राष्ट्रिय सहमति निर्माण गर्ने प्रयासमा सबैलाई सहमतिमा ल्याउने प्रयास गर्छौँ । संविधान जारी गर्ने बेलामा मेरो पनि केही असहमति थियो । तर, यो भोलि संशोधन गर्न सकिने विषय भएकाले त्यति बेला सहमति नै दिएको थिएँ । सात/आठ वर्षको अनुभवले पनि के भन्छ भने चुनाव प्रणाली, शासकीय स्वरूप लगायतका विषय संशोधन गर्नुपर्ने देखिएको छ ।

स्थानीय सरकारलाई थप जबाफदेहिता बनाउनुपर्ने छ । संघीयता अनुसारको पुनर्संरचना आवश्यक छ । यसका लागि हामी थप गम्भीर भएर लाग्नुपर्ने छ ।

काँग्रेस एमाले एउटै सरकारमा जानुपर्ने परिस्थिति बन्नुमा छिमेकी राष्ट्रको दबाब हो ?
म छिमेकी राष्ट्रहरूको दबाब देख्दिन । छिमेकी राष्ट्रहरूको दबाब भएको भए यो वातावरण नै निर्माण हुँदैन थियो । काँग्रेस र एमालेको नेतृत्वले हामीले गल्ती पनि गर्‍यौँ, संविधान निर्माणदेखि शासन सञ्चालनसम्म हामी चुक्यौँ । मूलक र जनता हाम्रा हुन् अब हामी उनीहरूकै भलोको लागि काम गर्नुपर्छ भनेर सोचे जस्तो लाग्छ ।

हामीले हाम्रो राष्ट्रिय स्वार्थमा सोच्नु पर्छ भनेर नै दुई दलबिच समझदारी बनेको हो भन्ने लाग्छ । बाह्य शक्तिको भूमिकामा यो काम भएको हो भन्ने लाग्दैन । यो गठबन्धनको लागि यो अन्तिम मौका पनि हो । अर्को मौका पाउँदैनौँ ।

प्रचण्ड आफै अस्थिर भएका कारण यो परिस्थिति निर्माण भएको हो । पार्टीलाई मात्र केन्द्रमा राखेर सोच्यौँ भने मुलुक त कहिले पनि बन्दैन ।

कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
नेताहरुले नै कर्मचारीतन्त्रलाई बर्बाद गरे । किन कि नेताले ड्राइभ गर्न खोज्यो भने व्युरोक्रसी ड्राइभ हुन्छ । व्युरोक्रेसीको पनि आफ्नै स्वरूप र स्वभाव छ । कर्मचारी प्रशासनमा पनि धेरै सुधार गर्नुपर्ने आवश्यकता छ । कसैलाई दोष लगाएर केही फाइदा छैन, नेता नै बेइमान भए । नेताले नै सुशासन दिने प्रयास गरेनन् । यसबाटै आएका परिणाम हुन्, पछिल्ला घटनाक्रमहरू ।

राजनीतिक नेतृत्व सुध्रियो भने सबै कुरा ठिक हुँदै जान्छ ।

नेताहरुले सार्वजनिक प्रशासनमा सुधार गर्न सक्थे, तर गरेनन् होइन ? यही भन्न खोज्नु भएको हो ?
म त मन्त्री भई सकेको मान्छे । मैले सचिव पनि चलाएर, डिजी (महानिर्देशक) पनि चलाए, प्रशासन पनि चलाए । नेता ठिक भयो कर्मचारीले अनियमितता गर्ने हिम्मत नै गर्दैन । नेताका कमजोरीहरूलाई समात्छन् र त्यसमा खेल्छन् । नेताहरू पनि लोभि र पापी भए त्यसमा फस्छन् ।

नेताहरुले पनि एउटा नजिर स्थापित गरी दिएका छन्, कि मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयन गराउने, संस्थागत भ्रष्टाचारलाई बढावा दिने, नीतिगत भ्रष्टाचारको काम भएको छ ।

नेताहरू नै आत्मरतिमा रमाउन थालेपछि कर्मचारीहरूले खेल्ने मौका पाए । राजनीतिक नेतृत्व आफ्नो ठाउँमा स्टिक र कमाण्ड गर्ने खालको हुनुपर्छ । कर्मचारीतन्त्रमा परिवर्तनको आवश्यकता छ ।

के गर्‍यो भने सार्वजनिक प्रशासन सुध्रिन्छ ?
म इमान्दार हुनु पर्छ, म इमान्दार भएँ भने धेरै कुरा सुध्रिन्छन् । जुन दिन हामीले मुलुकको लागि सोच्छौँ, त्यो दिन यो सबै सुध्रिन्छ ।

सांसदसँग आम नागरिकको अपेक्षा के हुँदो रहेछ ?
नागरिकको अपेक्षा धेरै हुन्छन् । धारामा पानी आएन भने पनि सांसदलाई भन्छन् । कल्र्भट बनाउन, बाटो बनाउन सांसदलाई भन्छन् । हाम्रो रोल नीति निर्माण गर्ने हो, विकास निर्माण लगायतका नागरिकका समस्या सम्बोधन गर्ने स्थानीय सरकारले गर्ने हो भन्ने पनि हामीले बुझाएका छैनौँ । हामीले हाम्रो काम नीति निर्माण गर्ने मात्र हो भन्यौँ भने पनि नागरिकले पत्याउँदैनन् । हामीलाई छल गर्‍यो भन्छन् ।

नागरिकले हामीसँग विकास निर्माणसँग सम्बन्धित कुराहरूमा आशा राख्ने गर्दछन् । नागरिकको आशा र भरोसा पनि सघंकै सांसदसँग रहेको छ । तर, हामीले निर्माण गरेको व्यवस्था अनुसार काम गर्न सकिरहेका छैनौँ । हाम्रा बाध्यता भनेर सुन्ने स्थिति पनि अहिले छैन ।

अहिलेको शासकीय स्वरूपको काम गर्ने शैलीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता पनि छ । संघीय सांसदलाई पेन्डुलम बनाएको छ, न सांसदले काम गरेर पर्याप्त कानुन बन्न सकेका छन् न भूमिका दिइएको छ । महिना दिनमा सांसदको खातामा ७०/७२ हजार आउँछ । यो भन्दा धेरै रकम नगरपालिकाको मेयर र उपमेयरले बुझ्न । तर, सांसदले नै खाए, सांसदले नै बर्बाद गरे भन्ने आरोप लाग्ने गर्छ । अहिले पीडित भनेकै सांसदहरु छन् ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ 
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ 
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार 
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?|
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही काँग्रेस-सम्बन्धित समाचार : एमालेलाई खेलाएर सत्तामा नाची रहन्छु भन्ने दम्भ ‘प्रचण्ड’मा देखियो : सांसद पौडेल
सम्बन्धित समाचार : राजनीतिक अस्थिरताले कर्मचारीहरूको ‘पर्फमेन्श’ राम्रो हुन सकेन : सांसद रायमाझी

प्रतिक्रिया दिनुहोस