काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठकमा पेस भएका प्रस्तावमा सहभागीबाट आएका सुझावका आधारमा केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्ने गरी बैठक सकिएको हो । उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गरेका थिए । प्रस्ताव तथा प्रतिवेदनबारे बैठकमा व्यापक छलफल भएको थियो । र, केही सुझावहरू सहित पारित गरेका हुनाले महासमिति बैठकलाई नेताहरूले ऐतिहासिक बैठकका रूपमा हेरेका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले महासमिति बैठकले काँग्रेसको भविष्यमा नयाँ मोड दिन सक्ने गरी निष्कर्ष ल्याउने बताएका छन् । ‘क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएको दिनका रूपमा रहेको फागुन सातमा नेपाली काँग्रेसको महासमिति बैठक सुरु भएको थियो । नेपालको राजनीतिमा २००७ सालको फागुन सात राजनीतिको नयाँ मोड भएको दिन हो’, उनले भने, ‘यो महासमिति बैठकले पनि काँग्रेसको भविष्यमा नयाँ मोड दिन सक्ने गरी बैठक निष्कर्ष आउने छ ।’

काँग्रेस सहमहामन्त्री एवं सांसद जीवन परियारसँग भर्खरै सम्पन्न काँग्रेस महासमिति बैठकबारे केन्द्रित रहेर प्रशासन डटकमका लागि केशव घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।

भरखरै सम्पन्न महासमिति बैठकको उपलब्धि के रह्यो ?
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा हामीले नेतृत्व चयनको काम मात्रै सम्पन्न गरेका थियौँ । र नीतिका बारेमा छलफल तथा बहस गर्ने र पारित गर्ने काम बाँकी थियो । १४ औँ महाधिवेशनमा हामीले गर्न बाँकी रहेका कामहरू महासमितिको बैठकमा पेस भए र छलफल गरेर सुझावसहित केन्द्रीय समितिले त्यसलाई अन्तिम रूप दिने गरी पारित गर्ने काम गरेका छौँ ।

महत्त्वपूर्ण उपलब्धि भनेकै काँग्रेसले १४ औँ महाधिवेशनदेखि १५ औँ महाधिवेशनसम्मका लागि पार्टीले लिनुपर्ने आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, भौतिक लगायतका समग्र विषयमा नीति, साङ्गठनिक, समसामयिक राजनीतिक प्रस्तावहरू तयार पारेर व्यापक रूपमा छलफल गरेका छौँ ।

आर्थिक प्रस्तावसमेत जोडेर छलफल गरेका छौँ । चार वटै प्रस्तावहरू बारेमा व्यापक छलफल भएको छ । र केही सुझावहरू सहित हामीले पारित गरेको हुनाले महासमितिको बैठक ऐतिहासिक रूपमा सफल भएको अनुभूति गरेको छु ।

तपाईँको नजरमा महासमिति बैठकले दिएको सन्देश के हो ?
एकताबद्ध ढङ्गले पार्टी अगाडी बढ्नु पर्छ भन्ने सन्देश महासमिति बैठकले दिएको छ । हाम्रो आन्तरिक जीवनमा नेतृत्व चयनका क्रममा जे जति ढङ्गले विभिन्न समूह उपसमूह बनाएर निर्वाचनमा भाग लिएको भए पनि पार्टीको जीवनमा पार्टीको बिचारसँग पार्टीको बिचारलाई एक ढिक्का बनाएर अगाडी लैजानु पर्छ भन्ने महासमितिको बैठकको प्रमुख सन्देश हो ।

पार्टी भित्रको आन्तरिक कुरालाई बलियो बनाएको छ । पार्टीलाई सशक्त बनाउनका लागि एउटा बिचारमा एकत्रित भएर सम्प्रेषण गर्ने काम भयो, यो अत्यन्तै महत्त्वपूर्ण छ ।

बैठकले पार्टी सङ्गठन निर्माण अथवा सरकारको काम कारबाहीबारे निर्णय लिन सकेको देखिएन । यसको अर्थ काँग्रेस अझै अलमलमा छ भन्ने हो ?
नेपाली काँग्रेसलाई मन नपराउनेहरू र विरोधीहरूले गर्नेहरूको तर्क हो यो । काँग्रेस महासमिति बैठकमा धेरै महत्त्वपूर्ण विचारहरू प्रस्तावित भए । र महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । यसलाई अन्तिमरुप दिन अझै बाँकी छ ।

हाम्रो प्रस्तावबारे फाइनल भई सकेको छैन, यो फाइनल भएपछि हामी यसलाई सार्वजनिक गर्ने छौँ । त्यसपछि थाहा हुन्छ, नेपाली काँग्रेसको महासमितिको बैठक ऐतिहासिक कोशेढुङ्गाको रूपमा थियो ।

सत्ता गठबन्धनलाई लिएर बैठक अगाडि बहस नै भयो, काँग्रेस अब एक्लै हिँड्न नसक्ने नै भएको हो ?
विशाल पार्टी र लामो जीवन गुजारेको पार्टीमा विभिन्न बिचारहरू आउनुलाई अस्वाभाविक लिनु हुँदैन । काँग्रेस पार्टी मात्रै त्यस्तो पार्टी हो, जहाँ बिचारको मन्थन हुन्छ । त्यो बिचारको मन्थन हुने क्रममा बादे बादे जायते तत्त्व बोध भने जस्तो, व्यापक रूपमा विभिन्न बिचारहरूका बारेमा छलफल हुन्छ र काँग्रेस एउटा निष्कर्षमा पुग्छ ।

यसकारण महासमिति पूर्व विभिन्न विचारमा व्यापक रूपमा छलफल भएर एउटा निष्कर्षमा पुगेको छ भनेर सकारात्मक रूपमा लिनु पर्छ ।

पछिल्लो समय भ्रष्टाचारका घटनाहरू एकपछि अर्को बाहिरिई रहेका छन्, जसमा नेताहरूको संलग्नता पनि उतिकै छ । तर कारबाही गर्दा चाहिँ कर्मचारी मात्रै पर्ने गरेको बारे तपाईँको भनाई के हो ?
सञ्चार माध्यममा जुन खालको समाचार सम्प्रेषण भएका छन्, जसरी विश्लेषणहरू सार्वजनिक भएका छन्, यो आफैमा राम्रो र सकारात्मक बिचार होइन । राज्यका महत्त्वपूर्ण निकायले निर्णय गर्दै गर्दा चाहे त्यो कर्मचारी होस्, चाहे त्यो सर्वसाधारण होस्, चाहे त्यो राजनीतिक नेता होस् । सबैलाई हेर्ने दृष्टिकोणमा अलग अलग चस्माले हेरिदिनु हुँदैन ।

सबैलाई हेर्ने दृष्टिकोण समान हुनुपर्छ । यदि कमीकमजोरी भएको छ भने त्यसका बारेमा न्यायालयबाट थप त्यसको बारेमा पुनर्व्याख्या हुन्छ भन्ने लाग्छ ।

नेताको संलग्नताबिना कर्मचारी एक्कैले ठुलठुलो भ्रष्टाचार गर्न सम्भव छ त ?
कुनै पनि घटनामा सबैको आ-आफ्नै किसिमको संलग्नता देखिन्छ । मुख्य कुरा त नेतृत्वमा पुगेको मान्छेले नैतिक जिम्मेवारी लिनु पर्छ । त्यसो त म आफै पनि राजनीतिमा छु ।

कुनै पनि काम गर्दा विधि विधान र कानुनलाई टेकेर निर्णयमा पुग्नु पर्छ । कुनै पनि काम गर्दा अख्तियारमै जानु पर्ने, भ्रष्टाचार नै देखिने, भ्रष्टाचारकै व्याख्या गर्ने हो भने काम गर्नलाई कोही पनि अगाडी बढ्दैन ।

काम गर्दा खेरी कुनै कानुनी त्रुटि भयो कि भएन ? अथवा भ्रष्टाचार भएको हो कि होइन ? भन्ने कुरा तथ्य र प्रमाणले पुष्टि गर्ने कुरा हो । तथ्य र प्रमाणले पुष्टि गरेको छ भने जुनसुकै व्यक्ति पनि त्यसको कारबाहीको भागिदारी हुनुपर्छ । संलग्नता छ, छैन भन्ने कुरा वैज्ञानिक आधारहरू प्रयोग गरेर पुष्टि गर्नु पर्छ ।

भ्रष्टाचारको मामिलामा कर्मचारी चोखा छन् भन्न मिल्दैन, तर मन्त्रीहरू कहीँ कतै उत्तरदायी नहुने अवस्थाले थप भ्रष्टाचारलाई मलजल गरेको हो कि ?
भ्रष्टाचारले कुनै जाति, वर्ण, रङ्ग, लिङ्ग कुनै पनि पदीय हैसियतलाई चिन्दैन भन्ने लाग्छ मलाई । त्यस कारण चाहे त्यो राजनीतिकर्मी होस्, चाहे त्यो कर्मचारी होस्, चाहे सर्वसाधारण होस्, जुनसुकै जाति, वर्ग, लिङ्ग, धर्मको होस् । सबैलाई समान ढङ्गबाट नै त्यसको बारेमा छानबिन हुनुपर्छ । समान रूपमा छानबिन गर्न सकियो भने कसैलाई पनि अन्याय भएको महसुस हुँदैन ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी

सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा

सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल

सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे

सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही

सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान

सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह

सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह

सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी

सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल

सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा

सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी

सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती

सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 

सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल

सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल

सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे

सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ

सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी

सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी

सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी

Tags :
प्रतिक्रिया दिनुहोस