३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु भएको छ । ललितपुरको गोदावरीमा जारी बैठकमा नेपाललाई ‘हिन्दूराष्ट्र’ बनाउने एजेन्डा जोड्तोड्का साथ उठ्ने भएको छ ।

‘हिन्दूराष्ट्र’ स्थापनाको अभियान चलाइरहेका नेताहरूले यो एजेन्डा उठाउने भएका हुन् । यसअघिका महासमिति बैठकमा यो एजेन्डा उठे पनि नेतृत्वले खासै चासो दिएको थिएन ।

कतिपयले काँग्रेसभित्र ‘हिन्दूराष्ट्र’को माग उठ्नुलाई भारतको सत्ताधारी हिन्दूवादी दल भाजपाको नेपालमा बढ्दो प्रभावको रूपमा समेत हेर्ने गरेका छन् । पछिल्ला केही वर्षदेखि काँग्रेस केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले यो अभियानको अगुवाइ गरेका छन् । भण्डारी संयोजक रहेको ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’ले पार्टी नेतृत्वलाई पनि यसबारे दबाब दिँदै आएको छ ।

नेपाललाई ‘हिन्दूराष्ट्र’ बनाउने एजेन्डाको सान्दर्भिकता बढेको बताउँदै भण्डारी भन्छन्,‘महासमिति बैठकमा आज मङ्गलवार)देखि औपचारिक छलफल सुरु हुन्छ । ठुलो सङ्ख्यामा साथीहरूको सक्रिय सहभागिता भई सकेको छ । केन्द्रीय समितिकै धेरै साथीहरूले यो कुरा आवश्यक छ भनेर भनी सक्नु भएको छ ।’ काँग्रेसमा ‘हिन्दूराष्ट्र’को बहस किन चर्किँदै छ, महासमिति बैठकले यसबारे कुनै निर्णय गर्छ, पूर्व राजासँग पनि सहकार्य हुन सक्ने सम्भावना छ ? लगायतका विषयमा केन्द्रित रहेर अभियानको अगुवाइ गरी रहेका काँग्रेस केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीसँग प्रशासन डटकमका लागि केशव घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।

नेपाली काँग्रेसमा अहिले आएर हिन्दूराष्ट्रको बहस किन चर्किँदै छ ?
हिन्दूराष्ट्रको बहस अहिले चर्केको होइन । संविधान सभामा संविधान जारी गर्ने बेलामा पनि हामीले यो विषयलाई गम्भीर रूपमा उठान गरेका हौँ । संविधान सभाको मस्यौदा समितिमा बहस गरेको, यसका विपक्षमा हुने कुनै पनि प्रस्तावलाई अस्वीकार गरेको, असहमति दर्ज गरेको, त्यतिले नपुगेर संविधान सभामा पनि हामीले फरक मत दर्ता गराएका थियौँ ।

हाम्रो तत्कालीन नेतृत्व पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाज्यूले संविधान जारी गर्नै पर्‍यो, हाम्रो नेतृत्वमा सरकार छ, संविधान हाम्रै नेतृत्वमा जारी हुने भयो, सबैका कुरा सुन्नु छ, सबैलाई नमिलाई संविधान जारी हुन सक्दैन, त्यस कारण कतिपय विषयहरू अरूका पनि सुन्नु परेको कारणले अप्ठ्यारो परेको छ, अहिले तपाईँहरूले आफ्नो प्रस्ताव फिर्ता लिइदिनुस्, पछि यसमा छलफल गरौँला भन्ने आग्रह भए पछि हामीले त्यो बेला यो फिर्ता लिएको हो । यो विषयलाई हामीले सुरुदेखि नै उठान गरेका छौँ ।

त्यसपछिका महासमिति बैठकमा पनि हामीले यो विषयलाई उठान गरेका थियौँ । दुई वर्ष अघिको महासमिति बैठकमा पनि कुरा उठाएकै हो । यो विषय आज उठाएको विषय होइन । तर, अहिलेको परिस्थिति नेपालमा आमजनस्तरमै धर्मको बारेमा सडकमै चिन्ता प्रकट भएको छ । सडकमा विभिन्न व्यक्ति र समूहले यो विषयलाई सम्बोधन गर्ने कोसिस गरेको देखिन्छ ।

काँग्रेस जस्तो राष्ट्रप्रति चिन्तन भएको पार्टीले यो विषयलाई गम्भीर रूपमा लिएर यसको नेतृत्व गरेर व्यवस्थापन गरी संविधानको अपनत्व ग्रहण गराई संविधानको रक्षा गर्नु पर्छ । जनताको मतलाई अपनत्व गराएर मात्र संविधानको अपनत्व र रक्षा हुन्छ भन्ने कुरालाई हेक्का राखेर महासमिति बैठकमा कुरा उठाउँदै छौँ । यो नीति तथा अधिवेशन समेतको बैठक भएको नाताले यसलाई सम्बोधन गराउनु पर्छ भन्ने सन्दर्भमा हामी छलफलमा लागेको अवस्था हो ।

काँग्रेसले अन्य एजेन्डा नपाएर धार्मिक एजेन्डामा प्रवेश गरेको हो भन्ने आरोप लागेको छ ?
यो एजेन्डा राष्ट्रको एजेन्डा हो । काँग्रेस जिम्मेवार पार्टी भएकै कारण यो एजेन्डालाई अघि सारेको हो । यो कुनै पनि राजनीतिक दलभन्दा माथिको विषय हो । देशभन्दा माथि कोही हुनै सक्दैन र हुनु हुँदैन पनि, तसर्थ हामीले यो विषय उठान गरेका हौँ । यसको नेतृत्व काँग्रेस जस्तो जिम्मेवार पार्टीले गर्नु पर्छ । यसको व्यवस्थापकीय भूमिका पनि काँग्रेसबाट हुँदा राम्रो हुन्छ भन्ने सन्दर्भमा हामीले पार्टी भित्रै बहस गरेका हौँ । हाम्रा अन्य आर्थिक, राजनीतिक लगायत समसामायीक धेरै एजेन्डाहरू पनि छन् । पार्टीका आन्तरिक जीवनका कुराहरू पनि छन् । तर, अहिले हामीले उठाई रहेको विषय नै मूल विषय भएकाले यसलाई प्राथमिकता दिनु पर्छ ।

हिन्दूराष्ट्रको एजेन्डाप्रति पार्टी नेतृत्व र अन्य नेता तथा पदाधिकारीबाट कस्तो रेस्पोन्स आएको छ ?
धेरै राम्रो रेस्पोन्स आएको छ । बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूले यसमा हस्ताक्षर गरिरहनु भएको छ । मैले जानकारी पाएसम्म सोमबार (हिजो)सम्म चार सय जति साथीहरूले हस्ताक्षर गरिसक्नु भएको छ ।

मङ्गलवार (आज)देखि औपचारिक छलफल सुरु हुन्छ । ठुलो सङ्ख्यामा साथीहरूको सक्रिय सहभागिता भई सकेको छ । केन्द्रीय समितिकै धेरै साथीहरूले पनि यो कुरा आवश्यक छ भनेर भनी सक्नु भएको छ । यस कारण पनि पार्टी भित्र यसको सान्दर्भिकता बढेको छ अवस्था छ । र जनस्तरमै पनि कुरा उठी सकेको छ ।

काँग्रेसले जनताको भावनालाई सम्बोधन नगरे पार्टी अगाडी बढ्नै सक्दैन । पार्टीको पृष्ठ भूमि नै जनता हो । नेपाली जनताको विश्वास र भरोसाबाट स्थापना भएको र अगाडी बढेको पार्टीले यो अवस्थालाई पनि हामीले बिर्सन हुँदैन ।

सडकमा हिन्दूराष्ट्रको मुद्दा लोकप्रिय बन्दै गएको देखेर काँग्रेसले पनि यो मुद्दालाई अहिले उचालेको हो भन्नेहरू पनि छन्, के भन्नु हुन्छ ?
बुझ्नेले जसरी बुझ्लान्, भन्नेले जसरी भन्लान् र षडयन्त्र गर्नेले अझ बढी षडयन्त्र गर्लान्, त्यो उनीहरूको कुरा भयो । हाम्रो स्पष्ट स्वार्थ भनेको राष्ट्रिय स्वार्थ हो । राष्ट्रिय अखण्डता, स्वाधीनता, सार्वभौमिकताप्रतिको चिन्ता र सरोकार हो । आज देश जुन जर्जर अवस्थामा छ । त्यसलाई सुधार गरी गिर्दै गएको र घट्दै गएको साख र विश्वासलाई पुनर्ताजकी र पुनर्जीवन दिँदै देशलाई अघि बढाउन खोजेको हो । सधैँ राजनीतिक अस्थिरता, बेमेल, अविश्वासले बाह्य हस्तक्षेप बढेको छ । यो रोक्नका लागि पनि काँग्रेस अगाडी बढ्नु पर्छ भनेर यो विषय उठान गरेको हो ।

एजेन्डा मिल्नेहरूसँग सहकार्य हुने सम्भावना कति छ ?
देशलाई रक्षा गर्ने, स्वाभिमान बचाउने सन्दर्भमा र देश बनाउने सन्दर्भमा यसमा निष्ठापूर्वक लाग्ने व्यक्ति वा समूहसँग सहकार्य गर्न कुनै समस्या छैन । यो आपत्तिको विषय होइन ।

यसको अर्थ पूर्व राजासँग पनि सहकार्य हुन सक्छ ?
यसमा हामीले स्पष्ट पारेका छौँ, नेपाली जनताको अभिमत र नेपालको धर्म, संस्कृतिसँग सम्बन्धित सन्दर्भ हो यो । राजासँग सम्बन्ध र सरोकारको विषय होइन भनेर हामीले स्पष्ट पारी सकेका छौँ । हाम्रो विरुद्धमा लाग्नेहरूले बारम्बार भ्रम फैलाउने काम गरेका छन्, यस्तो प्रचारबारे भन्नुपर्ने केही छैन ।

यसले भोलि पार्टीमा विचलन ल्याउने र पार्टीमा ध्रुवीकरण हुने सम्भावना देखिन्छ नि ?
पार्टीका सबै नेताहरू, महासमिति सदस्यहरू र साथीहरूलाई मेरो आग्रह छ, पार्टी भन्दा माथि देश छ र देश बनाउनका लागि हाम्रो पार्टी चाहिन्छ भनेर पार्टी निर्माण भएको हो ।

कसैको स्वार्थका लागि बहस गरिएका कुनै पनि भूमिका र योजनालाई समयमा नै चिर्न सकेनौँ भने वा यो वा त्यो नामको भ्रममा बहकिएर लाग्न थाल्यौँ भने पार्टीमा पनि ठुलो सङ्कट आउँछ, पार्टीले ठुलो गम्भीर गल्ती गरेको हुन्छ । पार्टी नरहे हामी को रहन्छौँ, देशै नरहे हामी कसरी नेपाली हुन्छौँ ? यी विषयलाई गम्भीर रूपमा बुझ्न जरुरी छ । व्यक्तिगत स्वार्थ र अनुकूलताको कुरा हामीले हेर्नु हुँदैन । काँग्रेस पार्टी पनि त्याग, समर्पण र बलिदानले सिञ्चित पार्टी हो, निर्भीक पार्टी हो भन्ने कुरा अहिले नेतृत्व गरी रहेका साथीहरूले बुझ्न जरुरी छ ।

यो प्रसङ्ग किन जोडिएको हो भने काँग्रेसकै केही सङ्गठनले हिन्दू राष्ट्रको एजेन्डा पार्टीको नीति विपरीत छ भनेर असहमति जनाइ सकेका छन्, यसले ध्रुवीकरण ल्याउँदैन ?
सबैको सर्वसम्मतको अवस्था बनेको छ भन्ने हाम्रो दाबी छैन । पार्टीमा असहमति राख्ने साथीहरू पनि हुनुहुन्छ । उहाँहरूको असहमतिलाई हामीले अन्यथा लिएका छैनौँ र त्यसलाई अन्यथा लिनु पनि हुन्न । सम्झाउनु र बुझाउनु पर्छ । यो विषय किन उठान गरेका हौँ भन्ने बारेमा स्पष्ट पार्नुपर्ने छ, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सान्दर्भिकता र महत्त्व के हो ? भन्ने बारेमा व्यापक रूपमा छलफल गरेर हाम्रै साथीहरूलाई पनि बुझाउनु पर्ने जरुरी छ । यसमा हामी लाग्ने छौँ ।

कतिपयले काँग्रेसभित्र हिन्दूराष्ट्रको माग उठ्नुलाई भारतको सत्ताधारी हिन्दूवादी दल भाजपाको बढ्दो प्रभावको रूपमा समेत हेर्ने गरेका छन्, के भन्नु हुन्छ ?
यसबारेमा मैले धेरै पटक स्पष्ट पारी सकेको छु । विशुद्ध राष्ट्रिय भावले ओतप्रोत भएर कर्तव्य र जिम्मेवारी बोधका साथ यो एजेन्डा उठाएका हौँ । र छलफलमा लागेका छौँ ।

काँग्रेस महासमिति बैठक चलिरहेको छ, हिन्दूराष्ट्रको एजेन्डाबारे कुनै निर्णय हुने सङ्केत पाउनु भएको छ ?
यदि अहिलेको महासमिति बैठकबाट गम्भीरता, सजगता र जिम्मेवारी पूर्वक हामीले निर्णय गर्न सकेनौँ भने पार्टी पनि अस्तव्यस्त हुन्छ, लोकतन्त्र र संविधान पनि सङ्कटमा पर्छन् । भोलिको असहज परिस्थितिको म अहिले आकलन गर्न सक्दिन । तर, जटिल परिस्थिति आउँछ ।

हिन्दूराष्ट्रको एजेन्डा अहिले कुन अवस्थामा छ ?
दुई वर्ष अघिको महासमिति बैठकमा पनि बहुमत सदस्यहरूले लिखितै रूपमा यो विषय उठान गर्नु भएको थियो । पार्टीले त्यसलाई गम्भीर रूपमा लिन सकेन र लिएन, त्यहाँ त्रुटि भयो । जसको कारणले आज पार्टीप्रतिको जनमत पनि खस्किँदै गएको छ । २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीमा काँग्रेसको सात प्रतिशत मत घटेको छ । यसको पछाडिको मुख्य कारण काँग्रेस आफ्नो नीतिमा स्पष्ट भएन भन्ने नै हो ।

काँग्रेस पनि कम्युनिष्टहरूकै बाटो र बिचारसँग हिँड्न थाल्यो, अब काँग्रेसलाई मान्नै पर्ने कारण के ? भन्ने किसिमका जनगुनासाहरू प्रत्यक्ष रूपमा सुनिन थालेका छन् । यो कुरालाई जनमतले पनि प्रमाणित गरेको छ । अब यो कुरालाई पनि हेक्का राख्नुपर्ने छ ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी

सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा

सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा

सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल

सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे

सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही

सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान

सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह

सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह

सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी

सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल

सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा

सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी

सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती

सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 

सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल

सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल

सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे

सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ

सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी

सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी

प्रतिक्रिया दिनुहोस