२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा, श्रम तथा रोजगार मन्त्रालय

स्थापना: 1981 AD

पदाधिकारी

रामजी यादव

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

डा. दिपक काफ्ले

सचिव

पिताम्बर घिमिरे

सहसचिव एवं प्रवक्ता

मेघनाथ रिमाल

उपसचिव/गुनासो सुन्ने अधिकारी

परिचय

नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।

मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो । नेपाल सरकारबाटको कार्यविभाजन नियमावली परिवर्तन भई वि.सं.२०५२ मा समाज कल्याणको क्षेत्र अलग गरी श्रम मन्त्रालय मात्र कायम भएकोमा वि.सं.२०५७ मा यातायात व्यवस्थापनको क्षेत्र समेत समायोजन भइ श्रम तथा यातायात व्यवस्था मन्त्रालय कायम हुन गयो । यसै क्रममा वि.स.२०६९ मा यातायात व्यवस्थाको क्षेत्र अन्यत्र लगि श्रम तथा रोजगार मन्त्रालय नामाकरण भयो । पुनः मिति २०७४।१२।०३ मा कार्यक्षेत्र विस्तार भई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कायम भएको छ ।

सेवाहरू

मन्त्रालयको कार्यक्षेत्र

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७४ अनुसार यस मन्त्रालयको कार्यक्षेत्र देहाय बमोजिम तोकिएको छ ।

  • श्रम तथा रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
  • वैदेशिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमन
  • श्रमिक तथा कामदारको सामाजिक सुरक्षा र सामाजिक सुरक्षा कोष सञ्चालनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन
  • औद्योगिक विवाद समाधान
  • रोजगारसम्बन्धी तथ्याङ्क, अध्ययन र अनुसन्धान
  • श्रम तथा व्यवसायजन्य स्वास्थय सुरक्षा निरीक्षण र श्रम-सम्बन्धसम्बन्धी आयोग
  • रोजगार उन्मुख सीपमूलक एवं व्यावसायिक तालिम नीति
  • ट्रेड युनियनसम्बन्धी एकिकृत कानून र नियमन
  • बालश्रम निवारणसम्बन्धी नीति र कानून
  • व्यवसायजन्य स्वास्थय तथा सुरक्षासम्बन्धी नीति, कानून र मापदण्ड
  • विदेशीहरुका लागि श्रम स्वीकृति
  • श्रम सहचारी
  • बेरोजगारसम्बन्धी एकीकृत तथ्याङ्क व्यवस्थापन, अध्ययन र अनुसन्धान
  • मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय
  • मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन

सोच

श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सीपयुक्त र उत्पादनशिल मानव संसाधनको विकास गरी रोजगारीका अवसर सिर्जना, असल श्रम सम्बन्धको विकास, बालश्रमको निवारण तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सामाजिक न्याय सहितको आर्थिक विकासमा सघाउ पुर्याउने।

उद्देश्य

  • स्वदेशमा नै मर्यादित रोजगारका अवसरहरु सृजनाद्वारा बेरोजगारी न्यूनिकरण गर्दै संविधानले प्रत्याभूत गरेको रोजगारीको हकलाई सुनिश्चित गर्ने ।
  • वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने ।
  • एकिकृत सामाजिक सुरक्षा नीति अबलम्बन गरी आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने ।
  • असल श्रम सम्बन्धको विकास गरी उत्पादन र उत्पादकत्व अभिबृद्धि गर्ने ।
  • सबै प्रकारका श्रम शोषण र बालश्रमको अन्त्य गर्ने ।
  • सामाजिक सुरक्षा व्यवस्थापन गर्ने ।

रणनीति

  • लगानीमैत्री वातावरण सृजना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवम् स्व-रोजगारीका अवसर सिर्जना गर्ने ।
  • सीप तथा व्यावसायिक तालिमका अवसरहरूको विकास एवम् विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने श्रम शक्तिको उत्पादन गर्ने ।
  • श्रमिकको हक अधिकारको संरक्षण तथा असल श्रम सम्बन्ध स्थापना गर्ने ।
  • वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र प्रतिफलयुक्त बनाउने र
  • प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने ।

कार्यनीति

  • श्रमप्रधान उत्पादन क्षेत्रको विस्तार र प्रविधिको उपयोगबाट रोजगारी बढाइनेछ ।
  • श्रम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गरिनेछ ।
  • रोजगारसम्बन्धी माग र आपूर्तिबीच सन्तुलन ल्याउन आवश्यक कार्यक्रमहरू कार्यान्वयन गरिनेछ ।
  • सीप प्रदायक तालिम केन्द्रहरूलाई क्रमशः एकीकृत गरी एकै ठाऊँबाट सीप विकास तालिम दिइनेछ ।
  • प्रत्येक प्रदेशमा एउटा विषयगत सीप विकास केन्द्र स्थापना गरिनेछ ।
  • सीप र सूचना उपलब्ध गराई वैदेशिक रोजगारमा जान चाहने महिलाहरूलाई तालिमको व्यवस्था गरिनेछ ।
  • सीपयुक्त जनशक्तिलाई तालिमपछिका सेवाहरू जस्तैः उद्यमशीलता विकास, वस्तुगत सहायता, वित्तीय सहायता, उत्पादनको गुणस्तर परीक्षण र बजार सहज पहुँचसम्बन्धी व्यवस्था गरिनेछ ।
  • राष्ट्रिय रोजगार नीतिको प्रभावकारी कार्यान्वयन गदै श्रमिकको हक एवम् रोजगारीको हकसम्बन्धी कानुन निर्माण गरिनेछ ।
  • एकीकृत सामाजिक सुरक्षा ऐन र श्रम ऐन जारी गरी सामाजिक सुरक्षा योजना कार्यान्वयन र असल श्रम सम्बन्ध विकास गरिनेछ ।
  • रोजगारीमा महिलाको सुरक्षा सुनिश्चित हुने प्रणालीको व्यवस्था गरिनेछ ।
  • वैज्ञानिक मापदण्डका आधारमा विभिन्न क्षेत्रका कामदारहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरिनेछ ।
  • विभिन्न क्षेत्रमा रहेका अनौपचारिक मजदुरहरूको औपचारिकीकरण गरिनेछ ।
  • बाल श्रमसम्बन्धी नीति, कानुन र कार्यक्रममा सुधार गरिनेछ ।
  • औद्योगिक प्रतिष्ठानहरूमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड लागु गरिनेछ ।
  • जोखिममा परी वैदेशिक रोजगारीबाट फर्केका महिला कामदारहरूलाई विशेष सामाजिक सुरक्षाको प्रत्याभूति गरिनेछ ।
  • वैदेशिक श्रम बजारलाई कामदारमैत्री बनाउन जनशक्तिको विकास र थप गन्तव्य मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता गरिनेछ ।
  • विप्रेषणलाई औपचारिक माध्यमबाट देशमा ल्याउने व्यवस्था गर्ने र सोको उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति अवलम्बन गरिनेछ ।

प्राथमिकता दिनु पर्ने कार्यहरु

स्वरोजगार

  1. शिक्षा मन्त्रालयसँग नीतिगत समन्वय गरी व्यवसायिक शिक्षामा जोड दिने ।
  2. कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकरण सहित सहकारी तथा सामुहिक खेतीमा जोड दिन सरोकारवाला निकायहरुसँग समन्वय गर्ने।
  3. स्थानीय, विविधता, राष्ट्रिय आवश्यकता र सम्भाव्यता अनुरुप उद्दमशीलता तालीम, वैकिङ्ग सुविधा, प्राविधिक टेवा र बजारको पहुँच गराई स्वरोजगारलाई प्रवद्र्धन गर्ने ।
  4. परम्परागत पेशा, व्यावसाय, हस्तकला, कुटिर उद्योग, घरेलु उद्योग जस्ता पेशा व्यावसाय स्थापना, सञ्चालन र प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी आर्थिक, वित्तीय, राजस्व तथा औद्योगिक नीति तथा कार्यक्रमहरु सञ्चालन गर्न तत्सम्बन्धी सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्ने ।
  5. जातीय, सांस्कृतिक, भौगोलिक विविधता रहन सहनलाई राष्ट्रिय सम्पदा र व्यवसायिक रुपदिई आन्तरिक तथा वाह्य पर्यटक आकर्षण गर्ने रणनीति सहित स्वरोजगारी सिर्जना गर्ने गरी नीतिगत समन्वयमा जोड दिने ।
  6. वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरी पुनर्एकीकरण कार्यक्रममा जोड दिई स्वरोजगारीलाई प्रवद्र्धन गर्ने ।

रोजगार

  1. विद्यमान श्रम तथा रोजगार नीति, २०६२ लाई छुट्याई श्रम नीति र रोजगार नीति छुट्टा छुट्टै बनाउने ।
  2. विद्युतीय रोजगार रणनैतिक सूचना प्रणाली (Electronic Employment Strategic Information System) को आवश्यकताको पहिचान, सूचनामा प्रविष्ट(Database) सुरक्षा तथा रुपान्तरण तहको परियोजना प्रस्ताव तयार गरी सोही बमोजिम श्रम सूचना र व्यवस्थापन सम्वन्धी डायनामिक सफ्टवेयर निर्माण, रुपान्तरण र कार्यान्वयन गर्ने ।
  3. श्रमशक्तिको आपूर्ति र माग बमोजिम समन्वय हुने गरी रणनीतिक रोजगार योजना निर्माण गर्ने ।
  4. राष्ट्रिय र अन्तराष्ट्रिय माग अनुसार विभिन्न विधामा प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त जनशक्ति तयार गर्ने ।
  5. श्रम विभाग, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धी आयोजना, श्रम कार्यालयहरु र रोजगार सूचना केन्द्रहरुको संरचनागत सुधारमा जोड दिने ।
  6. सरकारले अगाल्ने आर्थिक नीति, वित्तीय नीति, राजस्व नीति, औद्योगिक नीति, लगानी नीति जस्ता राष्ट्रिय नीतिहरु निर्माण गर्दा तथा परिमार्जन गर्दा अधिक जनशक्तिले रोजगारी पाउने अवस्था स्वतः सुनिश्चित हुने प्रावधानहरुको व्यवस्था गर्न सरोकारवाला निकायहरु सँग समन्वय गर्ने ।
  7. सार्वजनिक तथा नीजि क्षेत्रमा विकास निर्माण सञ्चालन गर्दा,व्यवसाय सञ्चालन गर्दा श्रम प्रधान प्रणालीलाई जोड दिने ।
  8. वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण, रोजगारमा जाने युवाहरुले सिकेका सीप र प्रविधि स्वदेशमा उत्पादनमुलक उपयोग गर्न जोड दिने।

व्यवसायिक तथा सीप विकास तालीम

  1. राष्ट्रिय व्यवसायिक तथा सीप विकास नीति निर्माण गर्ने ।
  2. नेपाल सरकारका विभिन्न निकायहरुबाट सञ्चालन हुने विभिन्न व्यवसायिक तथा सीप विकास तालीमहरुलाई एकै छाना मुनी ल्याई एकिकृत रुपमा सञ्चालन गर्न पहल गर्ने ।
  3. व्यवसायिक तथा सीप विकास तालीम केन्द्रलाई विकास समिति ऐन अन्र्तगत अर्ध स्वायत्त निकायको रुपमा विकास गर्ने ।
  4. सीपयुक्त जनशक्तिको माग र व्यवसायिक तथा सीप विकास तालीम बीच तादात्म्यता ल्याउने ।
  5. राष्ट्रिय र अन्तर्राष्ट्रिय माग र आवश्यकता अनुसार प्रतिस्पर्धा गर्न सक्ने गरी नयाँ नयाँ ट्रेडहरुको पहिचान गरी तालीम दिने ।
  6. तालीम सञ्चालन गर्दा सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गर्ने ।
  7. वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरुको माग र आवश्यकता अनुरुपका ट्रेडहरुमा तालीम दिने ।
  8. व्यवसायिक तथा सीपमुलक तालीम प्राप्त जनशक्तिलाई पूँजी, प्रविधि, उद्यमशीलता र बजारसँग आवद्ध गर्ने गरी संस्थागत समन्वय कायम गर्ने ।
  9. तालीम कार्यक्रमको प्रभाव अध्ययन गर्ने ।

श्रम सम्बन्ध सुधार

  1. विद्यमान श्रम तथा रोजगार नीति, २०६२ लाई छुट्याई श्रम नीति र रोजगार नीति छुट्टा छुट्टै बनाउने ।
  2. त्रि-पक्षीय सहमतिमा श्रम सम्बन्धी कानुनहरुको परिमार्जन गर्ने ।
  3. श्रम विभाग, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धी आयोजना, श्रम कार्यालयहरु र रोजगार सूचना केन्द्रहरुको संरचनागत सुधार गर्ने ।
  4. निजामती सेवा सार्वजनिक तथा नीजि क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्पन्न गर्ने ।
  5. बालश्रम गुरुयोजना मन्त्रिपरिषदबाट स्वीकृत गराई क्षेत्रगत कार्ययोजना तयार गरी सरोकारवाला निकायहरुबाट कार्यान्वयन गर्ने ।
  6. त्रीपक्षीय श्रम सम्वन्ध सुधार समिति (केन्द्र र जिल्ला स्तर)बाट श्रम विवादहरुको व्यवस्थापन गर्ने ।
  7. श्रम विवाद समाधान गरी सुमधुर औद्योगिक सम्बन्ध कायम गर्न श्रम विवाद समाधान गर्न स्वतन्त्र त्रिपक्षीय श्रम विवाद समाधान गर्ने निकायको कानुनी व्यवस्था गर्ने ।
  8. श्रम तथा कारखाना निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउने ।
  9. सरोकारवालासँग संमन्वय र सम्पर्क गरी न्यूनतम पारिश्रमिक निर्धारणको स्थायी संयन्त्र गठन गर्ने।
  10. सामाजिक सुरक्षा कोष ऐन निर्माण गरी सार्वजनिक तथा नीजि क्षेत्रका कार्यक्रम प्रतिष्ठानहरुमा कार्यरत मजदुरहरुलाई विभिन्न सामाजिक सुरक्षा योजनामा सहभागी गराई श्रमको सम्मान र श्रमिकको सामाजिक सुरक्षा लाई प्रत्याभूति गर्ने ।

वैदेशिक रोजगार

  1. सरोकारवाला पक्षहरुको अनुपोषण लिई वैदेशिक रोजगार ऐन, २०६४ लाई समसामयिक संसोधन गर्ने ।
  2. क्षेत्रीयस्तरमा वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने ।
  3. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा गृह मन्त्रालय, सहकारी तथा गरिवी निवारण मन्त्रालय, महिला बालवालवालिका तथा समाज कल्याण मन्त्रालय, गरिवी निवारण कोषसँग समन्वय गरी जिल्लास्तरमा स्थानीय निकाय, सरकारी कार्यालयहरु तथा गैससको सहभागिता हुने गरी वैदेशिक रोजगार सम्वन्धी प्रवद्र्धनात्मक तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने ।
  4. रोजगारीको क्रममा विदेशमा रहँदा करारनामा बमोजिम सेवा, शर्त र सुविधा लागु भए नभएको नियमित अनुगमन, गुनासा सुनुवाई, उद्धार कार्य, रोजगारमा संलग्न कामदारहरुको तथ्याङ्क अभिलेखीकरण गर्ने ।
  5. ब्यक्तिगत ठगीका उजुरीहरु जिल्लास्तरमै दर्ता, सुनुवाई तथा कार्वाही हुने संस्थागत व्यवस्थालाई सुदृढ गर्ने ।
  6. विकसित मुलुकहरुमा श्रम बजारको खोजी गरी सुरक्षित र बढी लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गर्ने ।
  7. जोर्डन, इजरायल, लेवनान, मलेशिया लगायतका प्रमुख गन्तव्य मुलुकहरुसँग श्रम सम्वन्धी MOU गर्दै जाने ।
  8. भारत लगायत विदेशी मुलुकहरुको विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्न परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयसँग सहयोग र समन्वय गर्ने ।
  9. नेपाली कामदार जाने प्रमुख गन्तव्य मुलुकहरुमा रहेका नेपाली दुतावास र कुटनीतिक नियोगहरुसँग श्रम सम्बन्धी सूचना आदान-प्रदान र वैदेशिक रोजगार व्यवस्थापनमा समन्वय कायम गर्ने ।
  10. नेपाली कामदार पठाउन इजाजत पत्र प्राप्त ब्यवसायीहरुसँग समन्वय, अन्तर सम्बाद र निरन्तर अनुगमन गर्ने ।
  11. वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई पारदर्शी र चुस्त सेवा प्रदान गर्न यस कार्यमा संलग्न निकायहरुको लागि कार्य सञ्चालन निर्देशिका (Standard Operating Procedure) बनाउने ।
  12. माध्यामिक तहको सामाजिक शिक्षामा वैदेशिक रोजगार सम्बन्धी विषय समावेश गर्ने र शिक्षकलाई प्रशिक्षक प्रशिक्षण दिने ।
  13. ठगी नियन्त्रण उद्दार र राहतलाई प्रभावकारी बनाउने ।
  14. वैदेशिक रोजगारका प्रमुख गन्तव्य मुलुकहरुको नेपालमा दुतावास एवं नियोग स्थापना र ती मुलुकहरुमा नेपाली दुतावास स्थापना गर्न पहल गर्ने ।
  15. वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिहरुमा भएको पूँजी, सीप र प्राविधिक दक्षता र अनुभावको आन्तरिक लगानी उत्पादन र रोजगारीमा उपयोग गर्ने वातावरण तयार गर्ने ।
  16. वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई लक्षित गरी पुनर्एकिकरण सञ्चालन गर्ने।