काठमाडौँ । दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठन गर्नेबारे सहमति भएको छ । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच समझदारी भएको हो ।
दुई दलका शीर्ष नेताहरू बिच मध्यरातमा भएको यो सहमतिले नेपाली राजनीति यति बेला तरङ्गित छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमा यो विषयले प्राथमिकता पनि पाएको छ । केहीले यो अहिलेको राष्ट्रिय आवश्यकता हो भनेका छन् भने केहीले यसलाई नेपाली राजनीतिमा दोहोरी रहने धोकाको शृङ्खलाका रूपमा लिएका छन् । यसै सन्दर्भमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलासँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।
मध्य रातमा एमाले काङ्ग्रेसबिच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ, यो सहमति कसरी बन्यो ?
मूलतः एउटा सरकारको विकल्पमा अर्को सरकार बनेको होइन । मुलुकको स्थायीत्व र स्थिरताका लागि काम गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । सोही अनुसारको परिणाम हो ।
संविधानलाई व्यवस्थित गरेर स्थिरतालाई प्रवर्द्धन गर्नका लागि दुई ठुला दल नेकपा एमाले र नेपाली काँग्रेस मिल्नुपर्ने आजको यथार्थता हो । र त्यहीँ यर्थाथलाई स्वीकार गरेर यहाँ पुगेको अवस्था हो ।
संसदको आजको गणितको यथार्थता जे छ, त्यो यर्थाथतालाई हेर्दा यसले मुलुकमा स्थिर सरकार बन्नै नसक्ने अवस्था निर्माण भयो । डेलिभरी दिनका लागि पनि असहजताहरू भए । दुई ठुला दलहरू एकै ठाउँमा बस्ने कुरा रिस्कको कुरा हो ।
तथापि देशको हितका लागि एकै स्थानमा बसेर मुलुकलाई स्थायीत्व दिने, समृद्धि र सुशासन दिने, सामाजिक न्यायका कार्यभारहरू पूरा गर्नका लागि काम गर्नुपर्ने, नागरिकहरूको वर्ग निराशालाई आशामा रूपान्तरण गर्ने र संविधान मार्फत कतिपय अस्थिरतालाई प्रवर्द्धन गरिरहेको पक्षहरूलाई संविधान संशोधन सुझाव आयोग मार्फत व्यवस्थित गर्ने कार्यका लागि दुई ठुला दल एमाले–काँग्रेस नै मिल्नु पर्थ्यो ।
मिल्नुपर्ने आधारहरू भएकै कारण उक्त आवश्यकताको बोध दुई शीर्ष दलका शीर्ष नेताहरुले गरेकै कारण सहमति बनेको हो ।
एकातर्फ माओवादीसँगको गठबन्धन भत्किने स्थिति किन बन्यो ? अर्कोतर्फ माओवादीलाई धोका भएन र ?
यसलाई धोका र विश्वासघातका रूपमा भन्दा पनि नयाँ आवश्यकताका आधारमा निर्माण भएको जनताको म्यान्डेटको स्वभाविक प्रक्रिया हो भन्ने लाग्छ । गठबन्धनलाई अन्यथा लिएर आलोचना र टिप्पणी पनि गर्नु परेन ।
सम्माननीय प्रधानमन्त्री (प्रचण्ड) जुन अवस्थामा प्रधानमन्त्री भई रहनु भएको थियो, त्यो स्वभाविक प्रक्रियाबाट भन्दा पनि संसदको गणितका आधारमा हुनु भएको थियो । पहिलो दल काँग्रेस र दोस्रो दल एमालेले सरकारको नेतृत्व नगरेर तेस्रो दल माओवादीले सरकारको नेतृत्व गर्ने भन्ने विषय संसदीय राजनीतिमा सहज÷स्वाभाविक अवस्था हुँदै होइन ।
तर, जनताको म्यान्डेट बमोजिम पहिलो र दोस्रो दल बनेका शक्तिहरू एक ठाउँमा उभिने कुरालाई धोका वा प्रेमसँग जोडर त्यो आधारमा बुझ्नु हुँदैन ।
संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ, राष्ट्रिय सहमतिको सरकार सम्भव छ ?
यो आवश्यकता बोध दुई दलका शीर्षस्थ नेताहरुले गर्नु भएको छ । त्यो आजको आवश्यकता पनि हो । हामीले यसलाई राष्ट्रिय सहमतिकै सरकारका रूपमा विकास गर्न चाहन्छौँ । अधिकतम दलहरुलाई सहभागी गराउन चाहन्छौँ ।
संविधान संशोधनका लागि आवश्यक पर्ने संख्या अनुसार यो सरकारमा दलहरू सहभागी भएर जाने अवस्था निर्माण हुने छ ।
नयाँ गठबन्धन बन्नुको बाध्यतामा अहिले उधिनिएका भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि काण्डलगायतका भ्रष्टाचारका काण्डले पनि हो भन्ने गरिन्छ नि ?
देशमा भएका भ्रष्टाचार वा कानूनविपरितका कार्यलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने काम निरन्तर चलिरहेको विषय हो । यस्ता तपसिलका र स-साना विषयहरूलाई उछालेर सिङ्गो राजनीतिलाई डिल गर्न खोज्ने, सिङ्गो राजनीतिलाई गतिहीनता तर्फ लैजान खोज्ने र स्टन्डबाजी गर्न खोज्नेहरूले चलाएको व्यवसाय मात्र हो ।
संविधान ल्याउन लगायत नयाँ व्यवस्थाका लागि विभिन्न आन्दोलनमा एक ठाउँमा उभिएका दलहरू एमाले र काँग्रेसलाई एउटा घटनामा जोडेर भ्रामक तथ्यहीन विषयमा जोडेर राष्ट्रिय मुद्दाहरूलाई ओझेलमा पार्ने प्रयत्न गरियो । यो काहीँ न काहीँबाट प्रायोजित छ भन्ने लाग्छ ।
तत्कालको स्टन्डबाजी गरेर आजको रोटी सेकाएर मजा लिने प्रवृत्ति अहिले संसदभित्र रहेका दलहरूमा पनि देखेका छौँ । यो हामीले नजिकबाट अनुभूति गरेका छौँ र व्यहोथ्र्यौ।
राज्यका अङ्गलाई बलियो बनाएर कानुन विपरीतका कुराहरूलाई कानुनी दायरामा ल्याउने कुरा त बहसको विषय नै भएन । मूल राष्ट्रिय एजेन्डा र मुद्दामा जोडिएर अघि बढ्न चाहेकै कारणबाट यो सहमति बनेको हो ।
समृद्धि र सुशासनको क्षेत्रमा नयाँ गठबन्धन कसरी अगाडि बढ्छ ?
हामी प्रारम्भिक सहमतिबाट अघि बढ्ने प्रयत्न गरेका छौँ । अब बन्ने सरकारले त्यही पथमा काम गर्नुपर्छ । नागरिकमा ठूलो निराशा छ । सांसद तथा जनप्रतिनिधिहरूप्रति नागरिकको असन्तुष्ट छ, दूरी बढेको छ ।
सांसद सांसदका बिचमा अन्तर विरोध देखिएको छ । सांसद र मन्त्रीका बिचमा, मन्त्री र मन्त्रीको बिचमा तथा मन्त्री र प्रधानमन्त्रीका बिचमा अन्तर विरोध छ । यसले पनि नागरिकहरूमा निराशा सम्प्रेषण भएको छ । तीन तहका सरकारका बिचमा कामको तालमेल मिलेका छैनन् । तीन तहको सरकारको प्रभावकारी तालमेलबाटै देश विकास गर्ने हो ।
यस कारण पहिलो आवश्यकता यहीनिरबाटै काम गर्नुपर्ने छ । यसलाई चुनौती दिएका कानुनी तथा संवैधानिक प्रावधानहरूलाई व्यवस्थित गर्न जरुरी छ । यो काम यो सरकार मार्फत हुन्छ । अति राम्रो गर्न सक्छौँ अहिले ठोकुवा गरेर भन्न सकिँदैन । तर, राम्रो गर्ने पथमा मुलुकलाई लैजान सकिन्छ भन्ने विश्वास छ ।
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?|
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली







