कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली


१४ असार २०८१, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले तयार पारेको पार्टीको प्रतिवेदनले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । ढकालले ३८ जिल्ला पुगेर नागरिकहरूसँग छलफल गरी एक महिना लगाएर तयार पारेको सत्ता गठबन्धनमा तरंग ल्याएको हो ।

ढकालले आफ्नो प्रतिवेदन बुधवार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका छन् । प्रतिवेदनलाई लिएर रास्वापाले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । तर, असार १९ मा केन्द्रीय समितिको बैठक डाकेको छ । 

पार्टी सभापति र पार्टी दुवैको लोकप्रियता ओरालो लागेको र सरकारमा सहभागी मन्त्रीको काम पनि सन्तोषजनक हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

पार्टी महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्राको प्रतिवेदनलाई कसरी लिनु भएको छ ?
महामन्त्रीजीले पार्टीलाई चौथो दल बनाउन सफल हुनु भएको छ । महामन्त्रीजीले समीक्षा यात्रा गरेर एक महिनाको अवधिमा जुन प्रकारको प्रतिवेदन तयार गर्नु भएको छ, राजनीतिमा यो स्वभाविक प्रक्रिया हो ।

७७ वटा जिल्लामध्ये ३८ वटा जिल्ला घुमेर विभिन्न व्यक्तिसँग भेटेर अन्तरक्रिया गरेर ल्याएको प्रतिवेदन जनताकै धारणा हो । जनताले बोलेका सत्य कुराहरू लिएर आउनु भएको हो । यसलाई स्वभाविक रूपमा लिएको छु । 

यसले पार्टी बलियो र मजवुद बनाउने खाकामा एउटा इट्टा थप्छ । नकारात्मक रूपमा लिनु हुन्न सकारात्मक रूपमै ग्रहण गर्नुपर्छ ।

प्रतिवेदन पार्टी सभापतिको हातमा पुगेको छ । पार्टीको केन्द्रीय समितिको बैठक पनि डाकिएको छ ।

सरकारमा सहभागी मन्त्रीहरूको काम सन्तोषजनक हुन नसकेको प्रतिवेदनले औँल्याएको छ । मन्त्रीका योजना र काम प्रभावकारी नहुनुमा कर्मचारीको असहयोग हो कि अन्य केही कारण छ ?
साँच्चै नै राष्ट्र बनाउने हो भने हामी जुन धारबाट चलिरहेका छौँ, त्यो धार परिवर्तन गर्नुपर्ने बेला भइसकेको छ ।

पुरानै राज्य व्यवस्था, पुरानै राज्य प्रणालीलाई अँगालेर जाने हो भने हामीले देखेको सपना पुरा हुँदैन । ढिलो गरी पुरा होला तर, हामीले छिटो पुरा गर्ने गरी सोच्नुपर्छ । कर्मचारीहरू पनि सकारात्मक रूपमा अघि बढ्ने हो भने यी प्रणालीहरूलाई परिवर्तन गर्नुपर्छ ।

पक्कै पनि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूलाई कर्मचारीतन्त्रको पनि एउटा तहबाट असहयोग भएकै छ । यसले पनि धेरै थोरै बाधा गरेको छ ।

कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
यो विषयमा सदनमा पनि पटक पटक बोलेको छु । राम्रो काम गर्नेलाई प्रोत्साहन र काम गर्न नचाहनेलाई विश्राम दिनुपर्छ भनेर मैले सदनमा पनि भनेको छु । 

कर्मचारीहरूभित्र पनि विभिन्न ट्रेड युनियनहरू छन् । संविधानले नै ट्रेड युनियनको व्यवस्था गरेको छ । कर्मचारीले आफ्नो अधिकार सँगसँगै जनताका सेवा सुविधाका विषयमा पनि सोच्नु पर्छ ।

राष्ट्रको नुन खाएपछि राष्ट्र, समाज र जनताप्रतिको दायित्व के हो भन्ने कुरा कर्मचारी साथीहरूले आफै बुझ्नुपर्छ । सोही अनुसार काम गर्नुपर्छ । आउने पीढीको लागि जुन काम गर्दै छौँ यो परिवर्तनको घण्टी आफैबाट बझाउनु पर्छ ।

आफू कुन पेसामा छौँ र कुन पेसा अँगाल्दा कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा राष्ट्र सेवक कर्मचारीले बुझ्नु पर्छ । तर, नागरिकले जुन तरिकाले सहज रूपमा सेवा सुविधा प्राप्त गर्नुपर्ने हो त्यो गर्न सक्नु भएको छैन ।

पछिल्लो समय कर्मचारीहरू भ्रष्टाचारमा मुछिएका घटनाहरू सार्वजनिक भएका छन् । र कर्मचारीहरूले काम गर्न पनि डराइरहेका छन्, यो अवस्थालाई कसरी लिनु भएको छ ?
नीतिगत सुधार गर्नुपर्ने धेरै कुराहरू छन् । नीति नियम अनुसार काम गर्न अप्ठ्यारो मान्नु पर्दैन ।

म जुन समाजबाट आएको हुँ, त्यहाँ पनि भ्रष्टाचारले जरा गाडेको छ । व्यवस्थापनको कमजोरीले गर्दा भ्रष्टाचारले जरा गाडेको हो हाम्रो देशमा ।

प्रत्येक दिन समाचारका हेडलाइनहरूमा सानादेखि ठुलासम्म भ्रष्टाचार भएका समाचारहरू पढेकै छौँ । अहिले प्रत्यक्ष रूपमै देखिन थालेको छ । सदनमा पनि भ्रष्टाचारका विषयहरू दैनिक जसो उठ्न थालेका छन् । यसरी सबैतिर कुरा उठ्नु भनेको भ्रष्टाचार दिनानुदिन बढेको छ भन्नु नै हो ।

भएका कानून कार्यान्वयन गर्नुपर्ने छ । र भ्रष्टाचार रोक्नका लागि केही कानून परिमार्जन पनि गर्नुपर्ने देखिएको छ ।

अहिलेका कानून अलि फितलो भएका हुन् कि ? परिमार्जन गरेर अलि कडा कानून नै ल्याउनु पर्ने हो कि ? अन्य देशमा कानूनमा गरिएको कडाइले सुध्रिएको पनि पाएका छौँ । नेपालमा पनि त्यस्तै कडा कानून आवश्यक छ । दोषमात्र दिने प्रयास नगर्ने गर्‍यो भने सफल हुन सकिँदैन ।

नयाँ पार्टीको नयाँ सांसद संसदीय अभ्यासलाई कसरी हेर्नु भएको छ ?
यो महत्त्वपूर्ण भूमिकामा एकैचोटी आएका छौँ । हिजो एउटा परिवारको मात्र जिम्मेवारी थियो, समाजको मात्र जिम्मेवारी थियो । तर, आज देशको जिम्मेवारी बोकेका छौँ ।

संसदमा आफूले सकेको भूमिका निर्वाह गरी नै रहेको छु । जनताको सेवक बनेर सिक्ने क्रममै छु । जनताको मतले गर्दा राष्ट्रको सेवा गर्ने मौका मिलेको छ ।

नयाँ दल र नयाँ नेताले केही गर्छन् भन्ने अपेक्षा थियो, तर अहिले तपाईँहरू पनि पुरानै दल र नेता जस्तै हुनु भयो भन्ने आरोप छ नि ?
हामी पुरानै ढर्राबाट चलेको अवस्था छैन । हामीले लिएका चारवटा मन्त्रालयमा मन्त्रीहरू नयाँ सोँचका साथ अघि बढ्नु भएको छ । तर, केही कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो ।

अन्य पार्टीका सांसद र मन्त्रीसँग पनि हाम्रो भेट हुन्छ । उहाँहरूसँग बोल्दा र सत्कारहरू गर्दा उहाँहरूबाट कति फिर्ता पाइन्छ भन्ने सबैलाई थाहा भएकै विषय हो । तर, हाम्रा मन्त्री र सांसदमा त्यो खालको घमण्ड छैन । यसकारण पनि हामी व्यवहारमा अन्य भन्दा फरक छौँ ।

हाम्रो दलका सरकारमा सहभागी मन्त्रीहरूले संविधान र कानूनको परिधिभित्र रहेर काम गर्ने कोसिस गर्नु भएको छ । यो कोसिसले भाष्य निर्माण गरी सकेको छ । जनताले सोचे जस्तो एकै पटक कायापलट चाही हुन सकेको छैन ।

जनताले हामीसँग राखेको अपेक्षा पुरा गर्न र हामी संघर्षमै छौँ । हाम्रा मन्त्रीहरूले गरेका राम्रा कामको समाचारको हेडलाइन बन्दैनन् किन कि हामीलाई जताततैबाट घेराबन्दी गरिएको छ । जताततैबाट प्रहार छ ।

समाजमा नकारात्मक कुराहरू छिटो फैलिने गरेको छ । समाजले पनि त्यसैलाई सत्य मानेर ग्रहण गर्ने गरेको छ । यसलाई चिर्नुपर्ने छ ।

सांसद हुँदै गर्दा, संसद भवन प्रवेश गर्दै गर्दाको उत्साह अझै कायम छ ?  
जुन खालको जनमत छ, त्यो जनमतबाट गठबन्धनको सरकार बन्नुपर्ने जुन परिपाटी छ । यसलाई हेर्दा लाग्छ, सोचे अनुसार काम गर्न गाह्रै छ । 

नयाँ व्यवस्था ल्याउन पुराना दलहरूले पनि संघर्ष गर्नु भएको छ । ७४/७५ वर्षको इतिहास बोकेका दलहरू छन् । उहाँहरूले क्रान्ति गरेर ल्याएको व्यवस्थामा हामी आएका छौँ । उहाँहरूको पनि राष्ट्र निर्माणको एजेन्डा छ । तर, उहाँहरूको परिपाटी देख्दा संसदमा निराश हुने अवस्था पनि छ । यही परिपाटीले गर्दा केही माननीयज्यूहरूलाई निराश बनाएको हुन सक्छ । 

जुन सोच, जोस र जाँगरका साथ आएका थियौँ, त्यसमा कतै सोचे जस्तो नभएको हो भन्ने त लागेको छ । तर, हामीले आश मारेका छैनौँ । पुरानाका कारण हामीले प्रयास गर्न भने छाड्ने छैनौँ । संसद भवनका दृश्य हेर्दा संघर्षकै मैदानमा छौँ भन्ने लाग्छ । 

अर्कोतर्फ सांसदको काम भनेको जनताका सानासाना आधारभूत आवश्यकता पुरा गर्नेदेखि लिएर देशका लागि आवश्यक कानून बनाउनेसम्म छ । त्यही आवश्यकता पुरा गर्न हामी लागेका छौँ । पुरानालाई हेरेर हाम्रो जोस र जाँगर मर्दैन । जोस, जाँगर मार्ने छुट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई छैन ।

सांसदको भूमिका ऐन, कानून बनाउने हो, तर निर्वाचन क्षेत्रका नागरिकहरूले तपाईँसँग केही अपेक्षा राख्नु भएको हुन्छ, ती अपेक्षा कति पूरा गर्न सकेँ जस्तो लाग्छ ?
म अहिले पनि आफ्नै निर्वाचन क्षेत्रका व्यक्तिहरूसँगको कुराकानीमा थिए । म जुन समाजबाट आएको छु, जुन समुदायको प्रतिनिधित्व गर्छु, स्वाभाविक रूपमा उहाँहरूले म प्रति आशा राख्नु हुन्छ । 

स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सहयोग चाहियो, विकास निर्माणमा बजेट पारिदिनु पर्‍यो लगायतका विषयमा उहाँहरूको सहयोगको अपेक्षा हुन्छ । अर्कोतर्फ सांसदहरु नीति निर्माण गर्ने ठाउँमा रहँदा पाँच/दशको बजेट तथा योजना हाम्रो क्षेत्रमा पारिदिनु पर्छ भन्ने नागरिकलाई लाग्छ । यो पहिलेदेखि नै चल्दै आएको कुरा हो । किन कि पुराना दलहरूले यो परिपाटी बनाउनु भएको छ । नागरिकका यी चाहना पुरा नगर्दा अलोकप्रिय भइन्छ कि भन्ने हुन्छ ।

हाम्रो काम बजेट दिने भन्दा पनि नीति नियम दिने हो भनेर बुझाउनुपर्ने स्थिति छ । किन कि अहिले विकास निर्माणको काम संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले गर्ने गर्दछन् । एउटा वडाले गर्ने योजना पनि सांसदसँग मागेको अवस्था छ, त्यो पनि पुरा गर्न सक्ने अवस्था छैन । तर, हाम्रो प्रयास जारी छ ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ 
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ 
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार 
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?

Tags :
प्रतिक्रिया दिनुहोस