२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपतिको कार्यालय

पदाधिकारी

श्री रामसहाय प्रसाद यादव

सम्माननीय उपराष्ट्रपति

चन्द्रकला पौडेल

सचिव

चिरञ्जिवी पौडेल

सहसचिव

गीता गुरुङ

उपसचिव

परिचय

नेपालको संविधानको धारा ६७ ले नेपालमा एक उपराष्ट्रपति रहने व्यवस्था गरेको छ । सो बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरु उपराष्ट्रपतिबाट सम्पादन गरिने प्रावधान रहेको छ । देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता  र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न यस मर्यादित संस्थाको भूमिका रहन्छ । राष्ट्र र राष्ट्रियताप्रति नागरिकहरुको आदरभाव र राष्ट्रिय एकतामा वृद्धि गर्न सम्माननीय उपराष्ट्रपतिज्यूलाई नागरिक समाज, संघसस्था एवम् नागरिकहरुले आयोजना गर्ने धार्मिक, सामाजिक, सांस्कृतिक एवम् विकास निर्माण समेतका कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा प्राप्त हुनुका साथै विभिन्न मित्रराष्ट्रका राष्ट्रिय दिवसमा राजदुतावासद्वारा आयोजना हुने औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा प्राप्त हुने गर्दछ । ती कार्यक्रममा सम्माननीय उपराष्ट्रपतिज्यूबाट आतिथ्यता ग्रहण गर्ने प्रचलन रहेको छ । नेपालको संविधानको धारा ७३ बमोजिम उपराष्ट्रपतिको कार्य सम्पादनका लागि छुट्टै कार्यालय रहने व्यवस्था छ । यस कार्यालयको काम कारबाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था नेपाल सरकारले गर्दछ । सम्माननीय उपराष्ट्रपतिज्यूबाट सम्पादन हुने कार्यलाई व्यवस्थित एवम् मर्यादित रुपमा सहजीकरण गर्ने कार्य कार्यालयले गर्दछ । यसको लागि कार्यालयले आवश्यक सुरक्षा व्यवस्थापन तथा समन्वय, व्यक्तिगत तथा संस्थागत आगन्तुकहरूको भेटघाटको समन्वय र व्यवस्थापन सहित कार्यालयको दैनिक प्रशासनिक कार्य सम्पादन गर्दछ । उपराष्ट्रपतिको कार्यालय काठमाडौं लैनचौरस्थित हरितगृह परिसरमा अवस्थित रहेको छ ।