२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सूचना

अ+ अ-

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा आवश्यक सोधपुछका लागि जयवीर सिंह देउवालाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र उपस्थित नभए कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।

विभागले २०८३ असार २३ गते प्रकाशित सूचनामार्फत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा केही विषयमा बुझ्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

विभागका अनुसार जयवीर देउवाको स्थायी ठेगाना डडेलधुरा र हालको बसोबास बुढानीलकण्ठ नगरपालिका–२, काठमाडौँ रहेको उल्लेख गर्दै उनको निवासमा समेत हाजिर हुन आउनुपर्ने सूचना टाँस गरिएको छ।

सूचनामा ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोष भवनमा रहेको विभागको कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई आवश्यक बयान तथा जानकारी उपलब्ध गराउन भनिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत सूचनामा उल्लेख छ।

विभागले अनुसन्धानको विषयवस्तु वा अनुसन्धानसँग सम्बन्धित आरोपबारे भने कुनै थप विवरण सार्वजनिक गरेको छैन।

यसअघि यही अनुसन्धानका सिलसिलामा विभागले जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि उपस्थित हुन बोलाएको थियो। उनीहरूले विभागलाई साउन मसान्तसम्म उपस्थित हुने जानकारी गराएको स्रोतले जनाएको छ।

0 Comments