नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीमा विवाद चर्किएको छ । पार्टीको विवाद हात हालाहालदेखि निष्कासनसम्म पुगेको छ । अर्कोतर्फ केन्द्रीय सदस्य तथा पदाधिकारीको बैठक बारेमा पनि पार्टीमा विवाद छ ।

टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन)बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर चैत २३ र २४ गते बैठक आह्वान गरे । संस्थापक रेशमलाल चौधरी पक्षले पार्टीमा भइरहेका मतभेदका विषयमा निर्णय गर्न बैठक बोलाएको थिए । तर, पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उक्त बैठक आधिकारिक नभएको बताएकी छिन् ।

पार्टीको विवादमा कुटाकुट हुँदा दुई नेता कारबाहीमा परेका छन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गर्दै पार्टीबाट निष्कासन गरेकी हुन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेकै बेला पार्टीका संस्थापक रेशमलाल चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आत्महत्या गर्ने परिस्थितिमा पु¥याएको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीमा देखिएको विवाद, विवाद आउनुको कारण र आगामी रणनीतिका विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नागरिक उन्मुक्ति पार्टीमा विवाद र असन्तुष्टि देखिएको छ, कारण के हो ?
पार्टीमा कुनै विवाद भएजस्तो लाग्दैन । पार्टीमा केही विवाद छैन । मिलेर नै गइरहेको छ ।

केन्द्रीय सदस्यमाथि आक्रमण भएको छ, यो विवाद होइन ? पार्टीमा यो स्थिति किन आयो ?
बाहिरको मान्छे आएर आक्रमण गरेको हो । बाहिरका मान्छेसहित हाम्रै पार्टीका गण्डकी प्रदेश र बागमती प्रदेश अध्यक्षबाट पनि कुटपिट भएको भन्ने कुरा आएपछि उहाँहरूलाई कारबाही गरिएको छ । उहाँहरूलाई पार्टीबाट निष्कासित पनि गरिसकेको छु ।

तपाईँहरू पनि सत्ताको लागि पार्टी भित्रै लड्न थाल्नु भयो होइन ?
सत्ताको लागि लडेका छैनौँ । सत्तामा जानु भएका साथीहरूलाई यसरी जानु हुँदैन फर्किनुस् भनेर मैले भनी रहेको छु । हामी सत्तामा गएका नै छैनौँ, यसलाई सत्ताको लागि लडाइँ भनेर कसरी बुझ्ने ?

पदको लोभमा रहेका र मन्त्री खाएर बसेका साथीहरूलाई त्यहाँबाट फिर्ता आउनुस् भन्दा उहाँहरू नआउँदा निम्तिएको विवाद हो यो ।

आज प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भयो, कुराकानी के भयो ?
टीकापुरका मेयर एवं पार्टी केन्द्रीय सदस्य रामलाल डगौरा थारु र म प्रधानमन्त्रीलाई भेट्न गएका थियौँ । कैलाली निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने टीकापुर नगरपालिकाको विकासका योजनाहरू लिएर गएका हौँ ।

टीकापुर नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना छ, सोही विषयमा छलफल गर्न गएका हौँ । मेरो निर्वाचन क्षेत्रका जनताका विकासका योजनाबारे छलफल गर्न गएका हौँ ।

बाहिर त संस्थापक रेशमलाल चौधरी र तपाईँबिचको विवाद मिलाउनका लागि प्रधानमन्त्रीसँग भेट भएको हो भन्ने चर्चा छ ?
त्यस्तो होइन, नितान्त टीकापुर नगरपालिका र मेरो निर्वाचन क्षेत्रको विकास बारे छलफल गर्न गएका हौँ । टीकापुरलाई स्मार्ट सिटी बनाउने मेयरको योजनालाई कसरी पुरा गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न गएका हौँ । मेरो क्षेत्रको विकासबाहेक अन्य कुनै विषयमा आज छलफल र कुराकानी भएको छैन ।

संस्थापक नेता रेशमलाल चौधरीले पार्टीभित्र उत्पन्न विवादले आत्महत्या गर्ने परिस्थितिमा पु¥यायो भन्नु भएको छ, पार्टीमा त्यस्तो असहज परिस्थिति छ ?
यो कुराले म पनि अचम्ति छु । १४ दिनको जापान बसाइपछि भर्खरै उहाँ नेपाल आउनु भएको हो । जापान बसाइमा उहाँमाथि कुनै घटना घटेको हुनसक्छ । यो विषयमा मैले राम्रोसँग बुझ्न पाएकी छैन ।

उहाँको जापान बसाइ रमाइलो नै रहेको सामाजिक सञ्जालबाट थाहा लाग्छ । पार्टीगत वा पारिवारिक स्थितिले यस्तो परिस्थिति सिर्जना गरेको होइन ।

चैत २३ र २४ गते रेशमलाल चौधरी पक्षले बोलाएको महाधिवेशनको कार्यसमिति बैठक आधिकारिक होइन भन्नु भएको छ, किन नि ?
केही समयअघि हामीले महाधिवेशन गर्‍यौँ, त्यो महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक ठहराएको छ, पार्टीको नाममा निर्णय पठाइसकेको छ । आयोगको निर्णयको ४ नं. बुँदामा अबदेखि यस्ता कार्य नगर्न पार्टीलाई सचेत पनि गराएको छ ।

पार्टीमा नभएको महासचिव पद राखेर पार्टीको लेटर हेड दुरुपयोग गरेर बाहिर आएको पत्र अधिकारी नभएको भनेर भ्रममा नपर्नका लागि अनुरोध गरेको हो । आयोगले थ्रेट गर्दा गर्दै पार्टीको भ्रामक कुराहरू हुनु हुँदैन भनेर चैत २३ र २४ गतेको बैठक आधिकारिक होइन भनेर स्पष्ट पारेकी हुँ ।

साथै अध्यक्षको तर्फबाट जानकारी गराउँछु २३ र २४ गते पार्टीको कुनै आधिकारी बैठक आह्वान गरिएको छैन ।

निर्वाचन आयोगको निर्णयपछि तपाईँ पार्टीमा हाबी हुन खोजेको आरोप छ ?
म हाबी हुन खोजेको होइन, यो कुरा अस्वीकार छ । आधिकारिकता जसमा छ उसले आफ्नो अधिकारको प्रयोग गर्छ र अधिकार प्रयोग गर्न पनि पाइन्छ ।

अब पार्टी कसरी अगाडि बढ्छ ?
अहिले सुदूरपश्चिम प्रदेशको विषयमा पार्टीमा विवाद आएको छ । रेशमजीले स्वयं भनी रहनु भएको छ, पदको लोलुपता नहेर्नूृस्, यसमा नलाग्नुस् भनेर । हामी मानेर बसी रहेका छौँ । कुनै पद लिएका छैनौँ । मन्त्री पद खाएका छैनौँ ।

सुदूरपश्चिमका साथीलाई पनि उहाँले त्यहीँ इङ्गित गर्दै हुनुहुन्छ । उहाँहरूलाई फर्कन भन्नु भएको छ । उहाँहरूले रेशमजीको आग्रहलाई पनि अटेर गर्नु भएको छ । यसले पार्टीमा केही विवादहरू देखिएको हो । रेशमजी कैलाली जानु भएको छ, मिलाएर आउनु हुन्छ । पार्टी राम्रोसँग अगाडि बढ्छ ।

निर्वाचन आयोगबाट आएको निर्णयले पार्टीका साथीहरूमा केही विचलन देखिएको हो । यो पनि छिट्टै समाधान हुन्छ ।
नागरिक उन्मुक्ति पार्टी धेरै अगाडि पुग्नु छ । नेता कार्यकर्ता विचलित नहुनुहोस् । विवादहरू क्रमशः समाधान हुँदै जाने छन् ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ 

Tags :
प्रतिक्रिया दिनुहोस