कर्मचारीतन्त्र सुधार नगर्ने हो भने संघीयताको मर्म पूरा गर्न कठिन छ : सांसद कार्की « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्मचारीतन्त्र सुधार नगर्ने हो भने संघीयताको मर्म पूरा गर्न कठिन छ : सांसद कार्की


७ भाद्र २०८१, शुक्रबार


काठमाडौँ । देशमा व्यवस्था फेरियो तर अवस्था फेरिएको छैन, अधिकांश नागरिकले गर्ने गुनासो हो यो । संघीय लोकतान्त्रिक गणतन्त्र आएको १७ वर्ष र त्यस अगाडिको विकासको तुलना गर्ने हो भने पनि यो छर्लंग हुन्छ ।

फरक-फरक पृष्ठभूमिका राजनीतिक दल र तिनका बिचमा हुने सम्झौताकै कारण सोचे अनुसार अघि बढ्न नसकिएको हो भन्ने नेकपा माओवादी केन्द्रका सांसद गंगा कार्कीलाई लागेको छ । उनी भन्छन्, ‘संसदमा हामी (माओवादी)मात्र छैनौँ । हामीले चाहेर मात्र हुँदैन । यो एउटा सम्झौताको व्यवस्था हो । संविधान पनि सम्झौताकै एउटा दस्ताबेज हो । यसकारण सबैका कुरा मान्नु पर्ने र सबैलाई सँगै लैजानुपर्ने बाध्यताले चाहेर पनि सुधार गर्न नसकिने रहेछ ।’ 

कर्मचारीतन्त्र संघीयता अनुसार अघि बढ्न नसकेको उनी बताउँछन् । ‘संविधान ल्यायौँ, संघीयता कार्यान्वयन भइरहेको छ, तर त्यो अनुसारको कर्मचारीतन्त्र छैन’, उनी भन्छन्, ‘हेलीकप्टर बनायौँ, तर त्यसको इन्जिन ट्याक्टरको जस्तो छ । ट्याक्टरको इन्जिन राखेर हेलिकप्टर त उड्ँदैन । इन्जिन भनेको स्थायी कर्मचारी सम्यन्त्र हो । तर, कर्मचारीतन्त्र पुरानै ढर्राबाट चलिरहेको अवस्था छ ।’ संसदीय भूमिका र कर्मचारीतन्त्र विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका सांसद गंगा कार्कीसँग प्रशासन डटकमले गरेको कुराकानीको संपादित अंश ।

संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?
निर्वाचित भएर संसद्सम्म पुग्ने कुरा आफैमा ठूलो छ । यसकारण आफ्नो उपस्थितिलाई महत्त्वपूर्ण रूपमा लिएको छु । 

संसदमा बाहिरबाट जे देखिन्छ भित्र त्यस्तो छैन, अलि फरक छ । गंजागोल र राजनीतिक खिचातानी अलि बढी नै हुने गरेको मैले पाएको छ । तर, पनि फेरि यही माध्यम र प्रक्रियाबाट नगइकन जनताका आवश्यकता र समस्याहरू समाधान हुँदैनन् । यसको विकल्प छैन ।

सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?
आफ्नो भूमिकालाई लिएर जति सन्तुष्टि हुनुपर्ने हो त्यति छैन । किन कि वास्तविकता एउटा हुन्छ र देखावटी अर्कै हुन्छ । बाहिर कतिपय कुराहरू बनावटी रूपमा आउने गर्दछन् ।

सदनमा राम्रो भूमिका खेलौँ भने पनि राजनीतिक प्रभाव परिहाल्छ । 

सदनमा आफ्ना कुरा राख्दा कस्ता विषयलाई प्राथमिकता दिने गर्नु भएको छ ?
सदनमा विशेष गरी विकासका कुरा र जनताका सरोकारका कुराहरू नै राख्ने गरेको छु । साथमा विधेयकसम्बन्धी विषयमा पनि कुरा राख्ने गरेको छु ।

सांसदको काम विकास गर्ने कि कानुन बनाउने ?
सांसदको काम कानून बनाउने नै हो । तर, हाम्रो विगतको प्रचलन हेर्ने हो भने सांसदहरुले कानून बनाउने सँगै विकास निर्माणका काममा पनि लाग्नु पर्ने हुन्छ । विगतमा आएको चलनचल्तिबाट बाहिर बस्न सक्ने अवस्था छैन । यसकारण सांसदले कानूनसँगै विकास निर्माणका काम पनि गर्नुपर्ने हुन्छ ?

सदनमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?
सदनमा बोलेका कुरा केही सम्बोधन हुन्छन्, तर जुन स्तरबाट जति कुरा उठाएका हुन्छौँ त्यो स्तरबाट सम्बोधन भएका हुँदैनन् । यो भन्ने र गर्ने कुरा एउटै नहुँदा सांसदहरुले उठाएका विषय सम्बोधन हुँदैनन् । सांसदहरुले उठाएका सबै विषय सम्बोधन भएको भए देश कायापलट भइसक्थ्यो ।

कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
कर्मचारीतन्त्र संघीयता अनुसार अघि बढ्न सकेको छैन । हामीले संविधान ल्यायौँ, संघीयता कार्यान्वयन भइ रहेको छ, तर त्यो अनुसारको कर्मचारीतन्त्र छैन । 

हेलीकप्टर बनायौँ, तर त्यसको इन्जिन ट्याक्टरको जस्तो छ । ट्याक्टरको इन्जिन राखेर हेलिकप्टर त उड्ँदैन । इन्जिन भनेको स्थायी कर्मचारी सम्यन्त्र हो । तर, कर्मचारीतन्त्र पुरानै ढर्राबाट चलिरहेको अवस्था छ ।

संघीय कानून बनाउन बाँकी छ, कानूनको अभावमा पनि केही समस्या देखिएका छन् । तर, कर्मचारीतन्त्रलाई सुधार नगर्ने हो भने संघीयताको मर्म, उचाइ, उद्देश्य र लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ ।

सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँका सुझाव के छन् ?
सार्वजनिक सेवामा विधि पद्धति छैन । त्यसलाई सुधार गर्नुपर्छ । भ्रष्टाचार र घुसखोरी नियन्त्रण गर्नुपर्छ ।

जनताको हितमा काम नगर्ने प्रवृत्ति छ । तत्कालै गर्न सकिने कामलाई पनि महिनौँ लगाउने गरेको पाइन्छ, यो सुधार हुनु पर्छ । अहिले सामान्य काम चलाउ अवस्थामा रहेको सेवा प्रवाहलाई सुधार गर्नुपर्ने छ ।

विधि पद्धतिमा बसाल्न तपाईँहरूको पनि भूमिका छ, होइन र ?
कानून, नीति नियम बनाउन विषयमा केही कमजोरी र ढिला भएकै छ । संघीयतासँग सम्बन्धित करिब ३० वटा कानून बनाउनै बाँकी छ । कतिपय  विधेयक समितिमा छलफलको क्रममा पनि छन् । कानून दिन सक्यौँ भने यसले पनि केही सुधार ल्याउँछ ।

तर, पुरानै शैली र पुरानै ढर्रा, पुरानै तौरतरिकाका कारण पनि समस्या भएको छ । कर्मचारी संयन्त्रमा रहेको पुरानो सोचलाई हटाउन निकै ठूलो मेहनत गर्नुपर्ने देखिएको छ ।

सांसदसँग आम नागरिकको अपेक्षा के हुँदो रहेछ ?
संघीय सांसदहरूको मुख्य भूमिका नियम कानून बनाउने भएपछि नागरिकको अपेक्षा विकास निर्माणसँग रहेको हुन्छ ।

नागरिकले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषय सांसदसँग अपेक्षा गर्दछ । सांसदको भूमिका र गर्नुपर्ने काममै कन्ट्राडिक्सन देख्छु । परम्परा नै बस्दै आएको छ सांसदहरुले विकास निर्माणका काम गरिदिने, अब यसलाई रोक्न खोजेर त हुँदैन । 

विकास निर्माणका कुरा गर्दा पछिल्लो समय जो मन्त्री छ उसकै जिल्ला र निर्वाचनमा धेरै योजना परेका छन् । यसले पनि जनताले सांसदसँग विकास निर्माणको अपेक्षा राख्ने गर्दछन् । तर, यो परम्परालाई सुव्यवस्थित गर्नुपर्ने छ ।

लथालिंग व्यवस्थालाई सुधार गर्ने लक्ष्य होइन र तपाईँहरूको ?
संसदमा हामी (माओवादी)मात्र छैनौँ । हामीले चाहेर मात्र हुँदैन । यो एउटा सम्झौताको व्यवस्था हो । संविधान पनि सम्झौताकै एउटा दस्ताबेज हो । यसकारण सबैका कुरा मान्नु पर्ने र सबैलाई सँगै लैजानुपर्ने बाध्यताले चाहेर पनि सुधार गर्न नसकिने रहेछ, समय लाग्ने रहेछ । 

सम्बन्धित समाचार : सरकार फेरिएसँगै कर्मचारी फेर्ने प्रवृत्ति राम्रो होइन : सांसद शर्मा
सम्बन्धित समाचार : नयाँ मन्त्री आएसँगै सचिव फेर्नुपर्ने यो कस्तो सोच हो ? : सांसद गुरुङ
सम्बन्धित समाचारः प्रशासनिक संघीयता कार्यान्वयनका लागि नेतृत्वले चासो देखाएन : सांसद घर्ती  
सम्बन्धित समाचारः राजनीतिक अस्थिरताको फाइदा कर्मचारीहरूले उठाई रहेका छन् : सांसद यादव
सम्बन्धित समाचारः दरबन्दी अनुसारकै कर्मचारी पठाउने र खटाएको ठाउँमै जाने थिति बसाल्छु : मन्त्री गुप्ता
सम्बन्धित समाचारः देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ 
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ 
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार 
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही 
सम्बन्धित समाचार : एमालेलाई खेलाएर सत्तामा नाची रहन्छु भन्ने दम्भ ‘प्रचण्ड’मा देखियो : सांसद पौडेल
सम्बन्धित समाचार : राजनीतिक अस्थिरताले कर्मचारीहरूको ‘पर्फमेन्श’ राम्रो हुन सकेन : सांसद रायमाझी
सम्बन्धित समाचार : नेता ठिक भए कर्मचारीले अनियमितता गर्ने हिम्मत गर्दैन : सांसद गौतम

Tags :
प्रतिक्रिया दिनुहोस