काठमाडौँ । राजनीतिक अस्थिरताका कारण सांसदहरूको भूमिका कमजोर हुँदै गएको बताउँछन्, नेकपा एमालेका सांसद अम्मर बहादुर रायमाझी । रायमाझीका अनुसार राष्ट्रिय शक्तिहरू जब एक ठाउँमा आउँछन्, तब सांसदहरूको भूमिका पनि बलियो हुँदै जान्छ । कर्मचारी प्रशासन र सार्वजनिक सेवा प्रवाह कमजोर हुनमा राजनीतिक अस्थिरता नै प्रमुख कारक रहेको उनलाई लागेको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सार्वजनिक प्रशासनमा केन्द्रित रहेर प्रशासन डटकमले नेकपा एमालेका सांसद अम्मर बहादुर रायमाझीसँग गरेको कुराकानीको सम्पादित अंश ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी लिनु भएको छ ?
यसलाई स्वभाविक रूपमा लिनुपर्छ । पछिल्लो घटनाक्रमलाई अस्वभाविक रूपमा चर्चा गर्न खोजिएको छ, नयाँ र ठूलो रूपमा लिन जरुरी छैन । मैले यसलाई स्वभाविक रूपमा लिएको छु ।
मुलुकको स्थायीत्व र समृद्धिको निम्ति, मुलुकमा जुन खालेको अस्थिरताको खाडल बन्ने स्थिति थियो त्यसलाई अन्त्य गर्नको लागि, सुशासन र समृद्धिको लागि यो घटनाक्रम निर्माण भएको हो । यसलाई स्वभाविक रूपमा लिनुपर्छ ।
सीमित स्वार्थका लागि दलका सिद्धान्त र मूल्यमान्यतालाई तिलाञ्जली दिएर जुन कुनै दलसँग पनि टाँसिने प्रवृत्तिले नेपालको राजनीतिलाई फोहोरी बनायो हैन ?
त्यस्तो होइन । दलहरू आफ्नो आइडोलोजी अनुसार निर्माण भएका हुन्छन् । आफ्नो विचार लिएर जनताकोमा जाने हुन् । आफ्नो विचारलाई जनताबाट अनुमोदन गराएर म्यान्डेट लिएर आउने हुन् । निर्वाचनको प्रक्रियामा जाँदा यो स्वभाविक हो । दलका महाधिवेशनबाट दलका नीतिहरू परिवर्तन हुन्छन् ।
तर, मुलुक निर्माणको निम्ति कहिलेकाहीँ त्यो भन्दा माथि उठेर हामी अघि बढ्नुपर्ने आवश्यकता हुन्छ । त्यो आवश्यकतालाई फोहोरी खेल भन्नु हुँदैन ।
अहिलेको संसदको संरचना अनुसार हामीले दलहरू भन्दा माथि उठेर मुलुकमा स्थायीत्व र समृद्धिको निम्ति र मुलुकलाई अगाडि बढाउन यस्तो प्रकारको सहमति गर्नुपर्ने आवश्यकता हुन्छ ।
फरक आइडोलोजी भएका नेपाली काँग्रेस र नेकपा एमाले जस्ता दलहरू किन एक ठाउँमा आए भन्ने विषयमा प्रश्न गर्नु अस्वभाविक होइन । तर, यसमा हिजो पनि संविधान निर्माणका क्रममा हामी एकै ठाउँमा थियौँ । २०४६ सालको आन्दोलनमा पनि एकै ठाउँमा थियौँ । २०६२/६३ को आन्दोलनमा पनि हामी एकै ठाउँमा रहेर उचाइ प्राप्त गर्न सफल भएका थियौँ ।
आजको मुलुकको अवस्थालाई अगाडि बढाउनको निम्ति यो आवश्यकता महसुस भयो र फेरि एक पटक एमाले काँग्रेस एक ठाउँमा उभिएका हुन् । त्यसैको लागि यो कदम चालिएको हो ।
राजनीतिक खेलले सांसदहरूको कार्यसम्पादन पनि कमजोर भयो भन्ने आरोप छ, यसमा तपाईँको भनाइ के छ ?
राष्ट्रिय शक्तिहरू जब एक ठाउँमा आउँछन्, तब सांसदहरूको भूमिका पनि बलियो हुँदै जान्छ । हिजो छरिएर अघि बढ्दा सांसदहरूको कार्यसम्पादन कमजोर भएको हो कि भन्ने महसुस मैले पनि गरेको थिएँ ।
अब सांसदहरूको भूमिकालाई थप मजबुत बनाएर जानुपर्छ । कानुन निर्माण, सुशासनलगायत विकास निर्माणका काममा जनप्रतिनिधिको भूमिकालाई बलियो बनाएर जानुपर्छ ।
अहिलेको संसदीय अभ्यासलाई कसरी लिनु भएको छ ?
यसलाई विभिन्न एंगलबाट हेर्न सकिन्छ । सरकार बनाउने हिसाबबाट हेर्ने हो भने सरकार बनाउन सांसदकै जोड घटाउ चाहिने, सांसद संख्या नै चाहिने । जसले संसद भन्दा ठूलो र बलियो अर्को निकाय हुन सक्दैन ।
विकास निर्माणको प्रतिनिधित्व गर्नुपर्ने र सुशासनका लागि कानुन निर्माणका हिसाबबाट हेर्ने हो भने पनि संसद नै बलियो निकाय हो जस्तो लाग्छ ।
कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?
कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति सन्तुष्ट हुने अवस्था छैन, विभिन्न खाले प्रश्न उठेका छन् ।
सुशासनको डेलिभरी दिने, जनताका अपेक्षा पुरा गर्ने, भएका निर्णय कार्यान्वयन गर्ने, ऐन, कानुन कार्यान्वयन गर्ने, जनताका आवश्यकता परिपूर्ति गर्ने लगायतका विषयमा केही प्रश्न उठेका छन् । र यो क्रमशः सुधार गरेर जानुपर्छ । यो सुधारका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । बलियो राष्ट्रिय शक्ति नहुँदा कर्मचारी प्रशासनको पर्फमेन्श राम्रो हुन सकेको छैन ।
पछिल्लो समय कर्मचारीहरू काम गर्न डराइरहेका छन्, यो अवस्था आउनुको पछाडिको कारण केलाई ठान्नुहुन्छ ?
कर्मचारी काम गर्न डराएका छन् भन्ने सुन्नमा आएको छ । जिम्मेवारी प्राप्त भइसकेपछि काम गर्न डराउनु हुँदैन । ऐन, नियम अनुसार काम गर्छु भनेर जिम्मेवारी लिएर गएकाहरूले काम गर्नु पर्यो ।
कुनै अप्ठ्यारा वा राजनीतिक दबाब भए भन्नुपर्छ । अप्ठ्याराहरू भए देखाउनु पर्यो, होइन भने काम गर्नु पर्यो । जवाफदेहीता हुनु पर्यो ।
सार्वजनिक प्रशासन सुधारका लागि के गर्नु पर्छ ? यसमा तपाईँको सुझाव के छ ?
कर्मचारी काम गर्न डराएका छन् भन्ने चर्चा छ, काम गर्न किन डराएका छन् ? कानुनी अप्ठ्यारो छ कि, राजनीतिक दबाब छ कि ? यसलाई सम्बोधन गर्नु पर्यो ।
सार्वजनिक प्रशासन सुधार राष्ट्रिय बहसको विषय बनेको छ, वृहत् छलफलबाट अघि बढ्नुपर्ने आवश्यकता बनेको छ । सुधार गर्न नसकिने अवस्था हो ? र काम गर्न अप्ठ्यारै परेको छ, कानुनी जटिलता छन् भने नयाँ मोडलमा पनि छलफल गर्नुपर्छ ।
सार्वजनिक सेवा तथा कर्मचारी प्रशासनमा भएका ढिला सुस्ती र अप्ठ्याराहरूलाई सुधार गर्नुपर्छ । डेलिभरी दिने विषयमा कहाँ के ले अप्ठ्यारो बनाएको छ, त्यसलाई सम्बोधन गर्नु पर्छ ।
जनताका आवश्यकता पुरा गराउने क्रममा कानुनी जटिलता भए त्यसलाई फुकाउनु पर्छ, परिमार्जन गर्नुपर्छ । कर्मचारीतन्त्रमा पनि कुनै समस्या भए त्यसलाई उचित ढङ्गले सम्बोधन गर्नुपर्छ ।
कर्मचारीतन्त्रलाई सुधार गर्न सांसदहरूको भूमिका छैन र ?
भूमिका छ । कर्मचारीतन्त्रका विषयमा पटक पटक संसदमा कुरा पनि उठाइ रहेका छौँ । कर्मचारीतन्त्र सुधारमा देखिएको जटिलता पत्ता लगाउन जरैसम्म पुग्नु पर्यो । हामीसँग तीन तहका सरकार छन्, तर सेवा प्रवाह जनचाहना अनुसार हुन सकेको छैन । नीति निर्माण गर्ने विषयमा संघीय सांसदको भूमिका महत्त्वपूर्ण छ ।
सांसदसँग आम नागरिकको अपेक्षा के हुँदो रहेछ ?
सांसदसँग नागरिकहरूका धेरै अपेक्षा हुँदा रहेछन् । विकास निर्माण, सामाजिक अभियान्ता जस्ता विषयमा भूमिका निर्वाह गर्नुपर्ने रहेछ ।
निर्वाचनको समयमा गरेका बाचाहरू पुरा हुन्छन् भन्ने अपेक्षा हुँदो रहेछ । स्वास्थ्य र शिक्षासँगै प्रशासनिक समस्या पनि समाधान गरिदिनुपर्ने रहेछ । यस्ता समस्याहरू सांसदलाई भन्यो भने समाधान हुन्छ भन्ने उहाँहरूलाई लाग्दो रहेछ ।
सांसदले कानुन निर्माण गर्छन् र भएका अप्ठ्याराहरू फुकाइ दिन्छन् भन्ने अपेक्षा पनि हुँदो रहेछ । कानुन बनाउने बढी जिम्मेवारी हुँदाहुँदै पनि जनचाहना पुरा गर्न अन्य क्षेत्रमा पनि काम गर्नुपर्ने रहेछ ।
नागरिकको चाहना र अपेक्षा कति पूरा गर्न सकियो जस्तो लाग्छ ?
निर्वाचित भएको डेढ वर्ष पार भइसक्यो । नागरिकसँगको भेटघाट, प्राप्त सुझाव र आफ्नो सोच अनुसार उदयपुरमा नागरिकका चाहना पुरा गर्ने प्रयास गरेको छु । र क्रमशः सम्बोधन गर्ने प्रयास गरिरहनेछु ।
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?|
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही काँग्रेस-सम्बन्धित समाचार : एमालेलाई खेलाएर सत्तामा नाची रहन्छु भन्ने दम्भ ‘प्रचण्ड’मा देखियो : सांसद पौडेल