१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले जनताले आशा गरेका आयोजनाहरूमा बजेट विनियोजन नभएर सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुरा पूरा नगरे असार ३१ पछि सरकारबाट बाहिरिने उनले चेतावनी दिएका हुन् ।

प्रदेश सरकार अस्तव्यस्त हुँदा प्रदेश सरकार चाहिँदैन भन्नेहरूलाई बल मिलेको उनको भनाइ छ । पाण्डेले व्युरोक्रेसीले राजनीतिक साइड लिने प्रवृत्तिले जनता मारमा पर्ने गरेको बताए । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेसँग तीन तहका सरकारबीचको समन्वय, गठबन्धनमा सहभागी हुँदै गर्दा दिएको चेतावनी, काँग्रेसले गरेको संसद अवरोध लगायतका विषयमा प्रशासन डटकमका लागि केशव घिमिरेले गरेको कुराकानीको सम्पादित अंश ।

गठबन्धनमा सहभागी हुँदै गर्दा प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने चेतावनी दिनु भएको छ, यसलाई कसरी बुझ्ने ?
१६५ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर हामी संसदमा आएका छौँ, जनताले हामीबाट धेरै आशा गरेका छन् । जनताले आशा गरेका सडक, विद्युत्, खानेपानीलगायतका विकास निर्माणका आयोजनामा जनप्रतिनिधिहरूलाई सहभागी गराउनु पर्छ । जनप्रतिनिधिले दिएका योजनाहरूमा उनीहरूलाई पनि बजेट निर्माणमा सहभागी गराउनु पर्छ ।

यदि जनप्रतिनिधिका योजनामा बजेट विनियोजन गरिएन र जनचाहना पूरा भएन भने हाम्रो सहयोग हुँदैन भनेर पटक पटक प्रधानमन्त्रीलाई भनेका छौँ । र असार ३१ पछि हाम्रो सहयोग हुँदैन, सरकार अघि जाँदैन ।

राजनीतिक दलहरूले रातारात आफ्नो धार परिवर्तन गर्दा, जनतामा निराश छन्, नराम्रो सन्देश गएको छ नि ?
मैले प्रष्टै भनेको छु, हामी सहयात्री दललाई बाटोमा छोडेर, आफैँले बनाएको दललाई ब्रेक गरेर विष पिएर तपाईँलाई साथ दिएका थियौँ । तपाईँले बाटोमा छोडेर जानु भयो । र राजनीतिप्रति अविश्वास र षडयन्त्र षडयन्त्रैको क्षेत्र हो भन्ने साबित गर्नु भयो । यो अत्यन्त तितो काम भयो, बेठिक भयो भनेर प्रधानमन्त्रीलाई भनेकै छु ।

जनताले भनिरहेका छन्, बेला बेलामा रङ फेर्न सक्ने मान्छे नेता हो भनेर भन्ने गरेका छन् ।

नेपालमा राजनीतिमा सबै जायज छ, लाज नै नहुँदो रहेछ, हैन ?
यो भन्ने शब्द हो । प्रेम, युद्ध र राजनीतिमा सबै जायज हुन्छ भन्ने गरिन्छ । तर, यो कुरा राम्रो होइन । मान्छेले सम्मान गर्ने पात्र बन्ने कि घृणा गर्ने पात्र बन्ने भन्ने कुरा हामी आफैँमा भर पर्छ ।

पछिल्लो गठबन्धनको सन्देश अब कम्युनिस्टहरू एक ठाउँमा आउँदै छन् भन्ने हो ?
राष्ट्रिय स्वतन्त्र पार्टी कम्युनिस्ट हो र ? रवि लामिछाने कम्युनिस्ट हुनुहुन्छ र ? चित्र बहादुर केसीले विरोध नै जनाउनु भएको छ । प्रेम सुवालले विरोध नै जनाउनु भएको छ । एकै ठाउँमा आउने र काम गर्ने एउटा कुरा हो । तर, सङ्गठन नै बन्ने अवस्था छैन ।

तत्कालीन नेकपा ब्युतिने सम्भावना छ ?
त्यो मलाई पत्यार लाग्दैन । तत्कालै सम्भावना देखिँदैन ।

विधायिकी भूमिकामा बढी केन्द्रित हुनुपर्ने सांसदहरु सत्ता राजनीतिमा केन्द्रित हुनु परेको छ, यसबारे तपाईँको टिप्पणी के छ ?
अहिलेसम्मको अवस्था यस्तै देखिएको छ ।

एक वर्षमा कानुन एउटा बन्यो, तर सरकार तीन वटा बने ?
हो बन्यो, यस्तै देखियो ।

राजनीतिक अस्थिरताका कारण व्युरोक्रेसी पनि प्रभावित भयो, काम गर्न अप्ठ्यारो भयो भन्ने कर्मचारीको गुनासो छ ?
हाम्रो व्युरोक्रेसीको पनि रूप त्यस्तै छ । त्यस हुनाले प्रभावित जरुर होला । व्युरोक्रेसी पनि साइड लिने प्रवृत्तिको पनि छ । साइड लिनेहरूका लागि कहिले सजिलो कहिले अप्ठ्यारो भइरहने नै भयो । यसको मारमा पर्ने भनेको जनता नै हुन् ।

तपाईँसँग प्रदेश सरकार प्रमुख भएर काम गरेको अनुभव पनि छ, तीन तहका सरकार बिचको समन्वय भएन भन्ने गुनासो सुनिन्छ, अवस्था यस्तै हो ?
तीन तहका सरकार बिच समन्वय छैन । प्रदेश सरकारको अवस्था अस्तव्यस्त छ । किन अस्तव्यस्त छ भने अहिलेसम्म २० प्रतिशत बजेट खर्च भएको छैन ।

प्रदेश सरकारमा भएका साथीहरूले पनि आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गरेको देख्दिन म । यही ढङ्गबाट प्रदेश सरकार चल्यो भने प्रदेश सरकार चाहिँदैन भनेर भन्नेहरूलाई बल मिल्छ ।

संघीय निजामती सेवा विधेयक संसदमा पेस भएको छ, यसबारे तपाईँको धारणा के छ ?
संघीय निजामती सेवा विधेयकमा हामीले दिएका सुझावलाई पनि केही मात्रामा समावेश गरिएको छ । केही जोडजाड गरेर आएको छ । समावेश नभएका कयौँ कुरा संशोधनको प्रक्रियाबाट थप्नु पर्ने पनि छ ।

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रसले संसद अवरुद्ध गरेको छ, यसबारे के भन्नु हुन्छ ?
हिजो काँग्रेस सरकारमा हुँदा रवि जीले धेरै कडा कडा कुरा उठाउनु भएको थियो, जवाफ माग्नु भयो । अहिले उहाँ आफै जवाफ दिने ठाउँमा हुनुहुन्छ, काँग्रेसले मागेको विषयमा उहाँले जवाफ दिनु पर्छ । आफूमाथिका प्रश्नको जवाफ दिन रवि तयार हुनु पर्‍यो नि ।

सहकारीको मामलामा उहाँ जोडिएको कुरा छ, त्यसबारे उठेका प्रश्नको जवाफ उहाँले दिनु पर्छ । प्रश्न आफूमाथि पनि उठ्न सक्छ भनेर सोचिराख्नु पर्ने रहेछ ।

सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ 
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी 
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया दिनुहोस