भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्तमा ‘सुनामी’, चिन्तित छ राष्ट्रसङ्घ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्तमा ‘सुनामी’, चिन्तित छ राष्ट्रसङ्घ


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुल्ने सङ्गठित गिरोहविरुद्ध प्रहरी अनुसन्धान जारी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष दलका ठुला नेताहरूका साथै उच्च प्रशासक मुछिएका छन् । 

प्रहरी अनुसन्धान जति गहिरो हुँदैछ, यसमा संलग्न ‘हाइ प्रोफाइल’का व्यक्तिहरू पक्राउ पर्ने क्रम पनि जारी छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व गृह मन्त्री बालकृष्ण खाँण र पूर्व गृह सचिव टेकनारायण पाण्डेसमेत हालसम्म १२ जना पक्राउ परिसकेका छन् । 

पूर्वगृहमन्त्रीसमेत रहेका सत्तापक्षकै नेता र पूर्वगृहसचिवको पक्राउले नेपाली राजनीतिक वृत्तमा सुनामी नै ल्याएको छ । पक्राउ पर्नेमा खाँणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृह मन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाकार इन्द्रजित राईसहित सन्दीप रायमाझी, सानु भण्डारी, केशव दुलाल, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ, रामशरण केसी र गोविन्द चौधरी रहेका छन् । पक्राउ पुर्जी जारी भएका पूर्व मन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायत केही अझै फरार छन् । 

पक्राउ परेकाहरूको बयान र सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियो काण्डले अनुसन्धान अझैमाथि पुग्ने देखिन्छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा गृह मन्त्रालयका तत्कालीन पदाधिकारी र शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलका सदस्यहरूको समेत मिलेमतो रहेको आशङ्कामा अनुसन्धान भइरहेको जानकारी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७९ चैत १३ मा दिएको थियो । त्यति बेला राजनीतिज्ञ र प्रशासकलाई आफूहरू पनि फन्दामा परिएला भन्ने लागेको थिएन । त्यसयता पक्राउ परेका गिरोहका सदस्यहरूको बयान र अनुसन्धानले जुटाएको प्रमाणले मुद्दा बलियो बन्दै गयो । प्रहरीका अनुसार जसले पूर्व गृह मन्त्री र पूर्व गृह सचिवलाई पक्राउ गर्ने आधार बन्यो । 

झस्किएको नेतृत्व

नेपाली काङ्ग्रेसकी नेतृसमेत रहेकी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा र पूर्व गृह मन्त्री खाँणकी पत्नी मञ्जु खाँणको नाम भुटानी शरणार्थी प्रकरणमा जोडिएको अडियो सार्वजनिक भएपछि यसबारे चर्चा चुलिँदै गएको छ । सांसदसमेत रहेकी आरजुले नक्कली भुटानी शरणार्थी प्रकरणको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडियोको सत्य तथ्य पत्ता लगाउन माग गर्दै बुधबार साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

स्रोतका अनुसार छानबिनको दायरामा ठुला नेता र तिनका परिवारका सदस्यसहित गृह प्रशासनका तत्कालीन कर्मचारीहरू छन् । काँग्रेस नेतृत्व द्वय आरजु र मञ्जु, पूर्व गृह सचिव महेश्वर न्यौपाने अनुसन्धानको दायरामा रहेको ती स्रोतको भनाई छ । 

नेपालीलाई अनागरिक बनाएर पैसा असुल्ने खेलमा पूर्व गृहमन्त्री र पूर्वगृहसचिवसहित राजनीतिक दलका ठुला नेताको नाम जोडिएसँगै शीर्षस्थ राजनीतिक नेतृत्वमा बेचैनी बढेको छ । जसले राजनीतिक वृत्तमा उथलपुथल ल्याएको छ । 

सत्ता गठबन्धन परिवर्तनपछि पानी बाराबारको स्थितिमा रहेका प्रमुख दलका शीर्ष नेताहरू बीचको भेटघाट बाक्लिएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटघाट बाक्लिएको हो । 

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले पूर्व गृह मन्त्री, पूर्व गृह सचिवसहित राजनीतिक दलका शक्तिशाली नेताहरूको नाम लिए पनि राजनीतिक नेतृत्वले यसबारे खासै चासो राखेको थिएन । पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै अन्य केही नजिकका व्यक्तिहरूको नामसमेत आएपछि एमाले झस्कियो । यसैगरी बुधबार केन्द्रिय सदस्य खाँण पक्राउ परेपछि काँग्रेसलाई पनि ठुलै झड्का लाग्यो । खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

संरक्षण गर्न नसक्ने स्थिति

गत बिहीबार एमाले अध्यक्ष ओलीले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोसिस भएको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भनेका थिए, ‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढङ्गले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको ‘रहस्यपूर्ण छ ।’ तर, बुधवारसम्म आइपुग्दा परिस्थिति बदलिएको छ । एमालेले वक्तव्य निकालेर रायमाझीलाई निलम्बन गरेको जानकारी गराएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अनुसन्धानमा सहयोग पु¥याउन भन्दै कारवाहीको अन्तिम टुङ्गो नलागेसम्मका लागि रायमाझीलाई निलम्बन गरिएको एमालेले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूलाई राजनीतिक नेतृत्वले संरक्षण गर्न नसक्ने स्थिति बनेको छ । जसको परिणाम स्वरूप काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री खाँण पक्राउ परेका छन् भने एमाले सचिव रायमाझीलाई निलम्बन गरिएको छ । 

सदनदेखि सडकसम्म चर्चा

भुटानी शरणार्थी प्रकरणलाई लिएर सदनदेखि सडकसम्म चर्को बहस चलेको छ । यही कारण बुधबार प्रतिनिधि सभाको बैठक केही समय अवरुद्ध भयो । राप्रपाका सासदहरुले रोष्टम घेराउ गरेर नाराबाजी गर्न थालेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।

सांसदहरूको विरोधपछि सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सभामुखको रुलिङपछि बैठक सुचारु भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै सांसदहरुले भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि कारबाही गर्नु पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भने, ‘बजारको हल्ला, भेटघाट र दबाबले अनुसन्धान प्रभावित नहोस् ।’ यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलले यस प्रकरणमा मुछिएकाहरूलाई चोख्याउने काम गर्न नहुने बताए ।

भुटानी शरणार्थी प्रकरणलाई लिएर सदनमा मात्रै होइन सडकमा पनि विरोध भएको छ । दोषी सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि बुधबार बृहत् नागरिक आन्दोलनले भद्रकालीमा प्रदर्शन ग¥यो । प्रदर्शनमा सहभागीहरूले नक्कली भुटानी शरणार्थी काण्डको सक्कली छानबिनको माग गरेका थिए ।

कुनै घटना भइहाले सामाजिक सञ्जालमा आफ्ना नेतासँगको सेल्फी राख्न र टीकाटिप्पणी गर्न हतारिने दलका कार्यकताहरु भुटानी शरणार्थी प्रकरणमा यति बेला मौन छन् । विशेष गरी काँग्रेस र एमालेका कार्यकताहरुले यो घटना थाहा नपाए जस्तै गरी मौनता देखाएका हुन् । राजनीतिज्ञ तथा प्रशासकहरूको पक्राउमा आमसर्वधारणले प्रहरीलाई धन्यवाद दिएका छन् । तर, दलका कार्यकर्ताहरूले न समर्थन गरेका छन् न आलोचना नै ।   

प्रहरीको अनुरोध

नक्कली भुटानी शरणार्थी प्रकरणमा चौतर्फी दबाबका बीच अनुसन्धान अगाडि बढाइरहेको नेपाल प्रहरीले यस विषयमा समाचार सम्प्रेषण गर्दा तथ्य र प्रमाणका आधारमा सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ । अनुसन्धानका क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरूलाई ठगी गरी सङ्गठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

यता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पु¥याउने बताएका छन् । बुधबार सिंहदरवारमा शीर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘हामीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएका छौँ । अनुसन्धानले माग गर्ने हदसम्म, आधार तयार पार्ने हदसम्म विभिन्न व्यक्तिहरू थप अनुसन्धानको निम्ति तानिनुभएको छ, यसलाई हामी निष्कर्षमा पु¥याउँछौँ ।’

राष्ट्रसङ्घ चिन्तित

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालको राजनीतिक वृत्तमा उथलपुथल भइरहेको बेला संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर)ले त्यसप्रति गहिरो चिन्ता प्रकट गरेको छ ।

यूएनएचसीआरको नेपालस्थित कार्यालयले बिबिसी न्युज नेपालीले सोधेको प्रश्नको लिखित जबाफ दिँदै ‘नेपाली नागरिकहरूलाई झुक्क्याइएको र ठगी गरिएको’ विषयप्रति आफूहरूको गहिरो चिन्ता रहेको प्रतिक्रिया दिएको छ । बिबिसी न्युज नेपालीका अनुसार “यस मामिलामा नेपाल सरकारको अनुसन्धानको हामी स्वागत गर्छौँ,” उसले भनेको छ ।

यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठ वटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो । त्यसमा झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकारेको थियो । “नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको छ र त्यो फेरि सञ्चालन हुने छैन” यूएनएचसीआरले भनेको छ ।

आफूले शरणार्थीको तेस्रो देश पुनर्वास कार्यक्रम सम्पन्न भइसकेको विषयलाई निरन्तर प्रस्तुत गर्दै आएको पनि यूएनएचसीआरले जनाएको छ । नक्कली शरणार्थीको विषयका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायसामु बिग्रिने चिन्ताका माझ यूएनएचसीआरको अहिले प्रतिक्रिया आएको हो ।

नेपालीलाई भुटानी बनाएर अमेरिका पठाउने जस्तो घृणित कार्यमा संलग्न राजनीतिक तथा प्रशासनिक उच्च पदस्थहरूको जति नै निन्दा गरेपछि कमै हुन्छ । अन्तराष्ट्रियस्तरमासमेत राष्ट्रको बेइज्जत हुने कार्य कदापी सह्य र क्षम्य हुन सक्दैन, यसर्थ पनि नेपाल प्रहरीलाई स्वतन्त्र तवरबाट अनुसन्धान अघि बढाउन दिनु नै मुलुकका लागि हितकर हुनेछ । 

सम्बन्धित समाचार : सकियो खाँणबारे छलफल गर्न बसेको काँग्रेस बैठक

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थीलाई कानुनी दायरामा ल्याउन दबाव दिन भद्रकालीमा प्रदर्शन

सम्बन्धित समाचा : खाँणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग 

सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्‍याउने गृहमन्त्रीको प्रतिबद्धता

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री खाँणको बयान लिने तयारी

सम्बन्धित समाचार : देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई छलफलमा

सम्बन्धित समाचार : आरजुले दिइन् साइबर ब्युरोमा उजुरी

सम्बन्धित समाचार : प्रचण्ड, देउवा र ओलीको बैठकमा पुगे गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : गृहमन्त्रीको कदमप्रती काँग्रेस नेताहरूले जनाए ऐक्यबद्धता, दबाबमा नपर्न आग्रह

सम्बन्धित समाचार : बालकृष्ण खाँणलाई लगियो अदालत

सम्बन्धित समाचार : शरणार्थी प्रकरण : प्रचण्ड, ओली र देउवाबीच छलफल जारी 

सम्बन्धित समाचार : भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गर्न माग

सम्बन्धित समाचार – गृहमन्त्री ज्यु खुट्टा नकमाउनुस्, जुनसुकै केसमा मुछिएकालाई बाँकी नराख्नुस् : माधव नेपाल

सम्बन्धित समाचार : टोपबहादुरले पठाए बिरामी भएको पत्र

सम्बन्धित समाचार : टोपबहादुर रायमाझी निलम्बन, प्रहरी समक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन निर्देशन

सम्बन्धित समाचार : अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको निर्देशन

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पत्ति जफत गर्न माग

सम्बन्धित समाचार :  नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि छोड्नुहुँदैन : गगन थापा

सम्बन्धित समाचार :  नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुखको रुलिङ

सम्बन्धित समाचार : शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेसले सघाउनुपर्छ : प्रदीप पौडेल

सम्बन्धित समाचार : भ्रष्टाचारको नाममा सबैलाई एकै घानमा हाल्नु हुँदैन : विनोद चौधरी

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउनु हुँदैन लिङ्देन

सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउन प्रहरीले थाल्यो तिव्र अनुसन्धान

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण र स्वकीय सचिवलाई लगियो टेकु

सम्बन्धित समाचार : बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

सम्बन्धित समाचार : बालकृष्ण खाँण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

सम्बन्धित समाचार : पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !

सम्बन्धित समाचारप्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने

सम्बन्धित समाचार : शरणार्थी मुद्दामा प्रहरीलाई दबाब नदिन भीम रावलको चेतावनी 

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ : एमाले

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

सम्बन्धित समाचार : ‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन 

सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह

सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग  

सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस