पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

उनी आज बिहान आफ्नै निवासबाट पक्राउ परेका हुन् । नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका लैजाने गिरोहलाई दह्रो साथ दिएर नीतिगत निर्णय गराएको उनीमाथि आरोप लागेको छ ।

वैशाख १३ गते सानु भण्डारीसँग लिएको अडियो रेकर्डमा उनले खाँणको नाम लिएका स्रोतले जनाएको छ ।

स्रोतले भन्यो ‘टेक नारायण पाण्डेलाई एक करोड ५० लाख दिएँ । त्यस बेलाको गृहमन्त्री बालकृष्ण खाँडलाई साढे ४ करोड दिएँ भनेको छ ।’

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस