‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्न माग गरेकी छन् ।

मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताइन्।

भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको भन्दै उनले यस प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गरिन्। सदस्य देवकोटाले जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने बताइन्।

यसैगरी राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टोनमेन्ट काण्डबारे छानबिन गर्न माग गरेकी छन् । उनले लामो समयबाट भ्रष्टाचारको काण्डै-काण्ड देशमा छाएको उल्लेख गरिन्। उनले क्यान्टोनमेन्टको काण्डलाई न्यायसङ्गत रूपमा छानबिन गर्न आग्रह गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस