शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पत्ति जफत गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पत्ति जफत गर्न माग


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भ्रष्टाचारमा संलग्न भएकाहरूको सम्पत्ति जफत गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई जघन्य अपराधको रूपमा व्याख्या गरिन् ।

‘मान्छे बेच्ने जस्तो जघन्य अपराध केही पनि होइन । जब एउटा मान्छेले अर्को मान्छेलाई जनावर सरह लगेर बेच्छ र त्यसबाट धन कमाउँछ । त्यस्ता अपराधीहरूको परिवारमा राखेको सम्पत्ति जफत गरिनुपर्छ’ सांसद कार्कीले भनेकी छन् ।

भ्रष्टाचारमा संलग्न भएको अपराधीलाई फेरि राजनीतिमा कहिले आउन नपाउने गरी बन्देज गर्नुपर्ने उनको राय छ । यसो गर्दा मात्रै भ्रष्टाचार नियन्त्रण हुन सक्ने उनको भनाइ छ । ‘‘तबमात्रै भ्रष्टाचार न्यूनीकरण हुन सक्छ र भ्रष्टाचारमा परेका जो कोहीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ । चाहे आफन्त हुन् चाहे आफ्ना पार्टीका हुन् ‘ सांसद कार्कीले भनेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस