सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !


२२ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठूलो रकम उठाएर ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पनि छन् ।

जानकारहरूका अनुसार फौजदारी अभियोगमा पक्राउ पर्नेमा पाण्डे हालसम्मकै नेपाल सरकारको उच्च प्रशासक हुन् । गृह सचिव भइसकेको व्यक्ति र बहालवाला सचिव पक्राउ परेको घटना यसअघि आफ्नो जानकारीमा नरहेको पूर्वमुख्य सचिव विमल कोइरालाले बताए । 

पाण्डे २०७८ श्रावण २७ देखि २०७९ असोज २ सम्म गृह सचिव थिए । पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लका अनुसार फौजदारी अभियोगमा बहालवाला सचिव पक्राउ परेको सम्भवतः यो पहिलो घटना हो । यसैगरी पूर्व प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पनि यो प्रकृतिको मुद्दामा बहाववाला सचिवलाई पक्राउ गरेको यो नै पहिलो घटना भएको प्रतिक्रिया दिए । नेपाल प्रहरीले पनि बहालवाला सचिव फौजदारी अभियोगमा पक्राउ परेको रेकर्डमा नभेटिएको जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव मात्रै होइन, बहालवाला सांसद पनि मुछिएका छन् । नेकपा एमालेका सचिव एवम् बहालवाला सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर, उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

तत्कालीन गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार डा. इन्द्रजीत राई, पूर्वऊर्जामन्त्री एवं एमालेका सचिव रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसैगरी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकाहरूको बयानको आधारमा हाइ प्रोफाइहरुको संलग्नता खुल्दै गएको हो । राजनीतिक तथा प्रशासनिक उच्च अधिकारी माथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा अन्य भिआइपी पनि तानिने सम्भावना छ । 

अनुसन्धान अघि बढ्दै जाँदा अझै थप केही व्यक्ति पक्राउ पर्ने स्रोतले जनाएको छ । जसमा राजनीतिक र प्रशासनिक दुबैतर्फ थपिन सक्ने एक उच्च अधिकारीले बताए । थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरिसकेको छ ।

अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन् । उनीहरूले कूल रु. २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

सम्बन्धित समाचार : मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी

सम्बन्धित समाचार : दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री थापाका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सचिव पाण्डे पक्राउ 

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

सम्बन्धित समाचार : भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

Tags :
प्रतिक्रिया दिनुहोस