नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शरणार्थी र आर्थिक सङ्कट ओली सरकारको उपहार रहेको बताएका छन् । बुद्ध जयन्तीको तयारीका लागि लुम्बिनी पुगेका मन्त्री किरातीले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वका राज्यकोषको दोहन भएको बताएका हुन् । 

उनले भने, ‘ओली सरकारका पालामा जनताको आवश्यकता र समृद्धि लक्षित कार्यक्रम भन्दा पनि राज्यकोषको दोहन र भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहित गरियो ।’

त्यस्तै मन्त्री किरातीले ओली सरकारले पहाडहरू भत्काएर टावर ठड्याएको आरोपसमेत लगाए । 

त्यस्तै जहाँबाट कमिसन आउँछ त्यहाँ मात्र बजेट छुट्याएको पनि उनको आरोप छ । उनले अगाडि भने, ‘कमिसन जहाँ आउँछ त्यही अन्धाधुन्ध बजेट छुट्याएको उपज यो आर्थिक सङ्कट हो । त्यति मात्रै हैन, ओलीकै पालामा नक्कली शरणार्थी बनाएर पैसा असुल्ने काम भयो । अहिले त्यो पुष्टि हुँदै जाँदैछ।’

अहिलेको अनुसन्धान सुन तस्करी प्रकरणको जस्तो नरोकिने पनि उनले बताए । उनले भने, ‘हामीले यो अवसर अन्तिम हो भन्ने सम्झेर काम गर्नुपर्छ । नत्र जसले गणतन्त्र ल्यायो उसैको हातबाट जान सक्छ । सबै परिवर्तन जनताले बचाउने हो । जनता यतिबेला निराश छन् हामीले आशामा बदल्नु पर्छ । हामीले ल्याएको व्यवस्था जोगाउने परीक्षामा छौँ। अर्थात् युगको परीक्षामा छौँ ।’

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

सम्बन्धित समाचार : मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी

सम्बन्धित समाचार : दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री थापाका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सचिव पाण्डे पक्राउ 

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

सम्बन्धित समाचार : भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

Tags :
प्रतिक्रिया दिनुहोस