भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गर्न माग


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहदानी तुरुन्त जफत गर्न माग गरेका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले यस्तो माग गरेका हुन् ।

उनले भने ‘भुटानी शरणार्थीको विषय सुरुवात मात्रै हुन्। यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरू खोल्दै जानुपर्ने छ। सरकारले खुट्टा नकमाओस्। प्रहरीलाई स्वतन्त्र रूपले काम गर्न दिनुपर्छ। तर प्रहरीले पनि मेहनत गरेर जुटाएको प्रमाण बीचैमा हराउनु हुँदैन। खबरदार। अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ति हुन्छ भनेर यही रोष्टमबाट पटक-पटक भनिएको सबैलाई याद होला। खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ। देश छोडेर भाग्न सक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी तुरुन्त जफत गरियोस्।’

Tags :
प्रतिक्रिया दिनुहोस