शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । रास्वपा सांसद असिम शाहले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई कटाक्ष गर्दै छानबिनमा खुट्टा नकमाउन आग्रह गरेका गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको मुख्य उद्देश्य प्रि-बजेटको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीको हालैको अभिव्यक्तिलाई लिएर कटाक्ष गरे ।

पेसाले फिल्म निर्देशक र निर्माता समेत रहेका उनले संसदमा पहिलो पटक बोल्दा पनि फिल्मकै सन्दर्भ अनुसार बोलेका थिए ।

उनले नेपाली फिल्मको पछिल्लो बजार प्रवृत्ति, ट्रेलर निर्माणदेखि फिल्म हिट र फ्लप हुने कुरासम्म उठाएका थिए । ‘अहिले प्रधानमन्त्रीज्यूले रिलिज गर्नुभएको भुटानी शरणार्थी प्रकरणको ट्रेलर सडकदेखि सदनसम्म ब्लकबस्टर भएको छ । अक्सर नेपाली फिल्महरूमा ट्रेलर गजब तर फिल्म झूर हुने भन्ने आरोपलाई गलत पुष्टि गर्ने सुवर्ण अवसर प्रधानमन्त्रीलाई छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस