राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो ? भन्दै प्रश्न गरेका छन्।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए। नक्कली भुटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसद्‌मा नेकपा एमालेले उठाएको दाबी गरे।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरूको नाम पनि जोडिएको छ। पक्राउ पुर्जी जारी भयो भनेर हल्ला पनि छ। फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ। मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे। यसमा आरजु देउवाले अढाई करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उनीहरूलाई सरकारले पक्राउ पुर्जी त जारी गरेको भन्ने सुनेको छैन। अर्कोतिर प्रधानमन्त्रीले यो त ट्रेलर मात्रै हो, वास्तविक फिल्म त आउन बाँकी छ, के भनेको, के बोलेको ? कुन फिल्म देखाउनु हुन्छ। फिल्म हेर्दै जाने समय आएको छ। सरकारको नेतृत्व गरेर कसैले बदमासी गरे कारबाही गर्ने दिशामा लाग्नुपर्ने हो। कुनैपनि प्रकरणमा कसैको गल्ती भएको छ भने कारबाही हुनुपर्छ, नेकपा एमाले ढाकछोप गर्ने पक्षमा छैन। हाम्रै सांसदले यो प्रकरण उठाउनुभएको हो, सबैभन्दा पहिला नेकपा एमालेले उठाएको हो। यस्ता बकवास यो सरकारले बन्द गरोस्।’

उनले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरे।

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस