गृहमन्त्री ज्यु खुट्टा नकमाउनुस्, जुनसुकै केसमा मुछिएकालाई बाँकी नराख्नुस् : माधव नेपाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गृहमन्त्री ज्यु खुट्टा नकमाउनुस्, जुनसुकै केसमा मुछिएकालाई बाँकी नराख्नुस् : माधव नेपाल


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको बताएका छन् ।

उनले भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन मागसमेत गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने देखिएको बताए ।

उनले भने, ‘नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन् । उपप्रधान एवम् गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईँले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरू जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस