एमाले सचिव रायमाझीका छोरा पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले सचिव रायमाझीका छोरा पक्राउ


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी बुधबार बुटवलमा पक्राउ परेका हुन् । 

बिहीबार काठमाडौँ ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  

यसबारे अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौँबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ ।

यो प्रकरणमा गत १२ चैतमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा प्रहरीले मङ्गलवार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्व गृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

सम्बन्धित समाचार : मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी

सम्बन्धित समाचार : दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री थापाका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सचिव पाण्डे पक्राउ 

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

सम्बन्धित समाचार : भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

Tags :
प्रतिक्रिया दिनुहोस