शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु सङ्गठित अपराध भएको वृहत् नागरिक आन्दोलनले विज्ञप्ति मार्फत भनेको छ ।

यो घटनाले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै बुधबार दिउँसो ३ बजे भद्रकालीमा विरोध प्रदर्शन गरिने आन्दोलनले जनाएको छ ।

‘अमेरिका लैजाने नाममा सय नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अब रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट भइरहेको ढाकछोपप्रति बृहत् नागरिक आन्दोलनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

गम्भीर सङ्गठित अपराधको अनुसन्धानलाई दलीय पहुँच र राजनीतिक हस्तक्षेपका आधारमा प्रभावहीन बनाउनु र दोषीलाई संरक्षण गरी उन्मुक्ति दिनु दण्डहीनताको प्रोत्साहन र कानुनी शासनको बदख्वाइँ रहेको वृहत् नागरिक आन्दोलनले जनाएको छ ।

‘अपराधमा संलग्न राजनीतिक व्यवसायीहरूको उन्मुक्ति दिने राजनीतिक चलखेलविरुद्ध आम नागरिकलाई सडकमा उत्रिएर खबरदारी गर्न हामी अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस