प्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरू चुप लागेर नबस्ने प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

उनले बुधबार (आज) सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएकालाई छोड्यो भने रास्वपा हेरेर मात्रै नबस्ने र आँधीलाई ख्याल सम्झने भुल नगर्न चेतावनी दिएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डलाई एउटै फाइलले ज्वरो निकाल्यो ? एउटा तोप पड्काउन यत्रो सकस भन्दै प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘शीर्ष नेताहरूको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहीन, नाम आएकाहरू माथिको अनुसन्धान फितलो ! खबरदार, अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानको (जगजाहेर ताण्डव)लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

Tags :
प्रतिक्रिया दिनुहोस