कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक, कार्तिक २५ बाट आचारसंहिता लागू « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक, कार्तिक २५ बाट आचारसंहिता लागू


१८ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, २०७७ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मङ्गलवार कार्य तालिका सार्वजनिक गर्दै कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म मतदानमा सहभागी हुने कर्मचारीको सरुवा वा काज सरुवा गर्न रोक लगाएको छ ।

‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३(२) (क) र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०(१) बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरुवा/काज सरुवालगायत कार्य नगर्न नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालय मन्त्रालयहरूलाई पठाएको पत्रमा भनिएको छ ।

असोज २४ गते हुने भनिएको निर्वाचन अन्तिम अवस्थामा सरकारले मङ्सिर २७ गतेलाई सार्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको थियो । चुनाव सार्ने सरकारको निर्णयसँगै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले असोज १ गतेदेखि लागू गरेको निर्वाचन आचार संहिता फुकुवा गर्दै नयाँ कार्य तालिका लगायत सम्बद्ध अन्य विषयमा पछि जानकारी गराइने जनाएको थियो ।

प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले मङ्सिर २७ गते शनिवारका दिन हुने निर्वाचनका लागि आफू तयारी अवस्थामा रहेको बताएका छन् । ‘मङ्सिर १० मा मतदाता नामावली प्रकाशन गर्नेछौँ’ पौडेलले भने, ‘२७ गते शनिवार ९ बजेदेखि ५ बजेसम्म मतदान कार्य हुनेछ ।’

असोज २४ गतेकै निर्वाचनका लागि सबै तयारी भई सकेकोले पनि मङ्सिर २७ गतेको निर्वाचन सहज हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सरकारले नै रोक्न चाहेको अवस्थामावाहेक अन्य कारणले निर्वाचन नहुने या स्थगित हुने अवस्था अव छैन ।

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)

सम्बन्धित समाचार : कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा

सम्बन्धित समाचार : असोज २४ सम्म कर्मचारीको काज, सरुवा बन्द

सम्बन्धित समाचार : कर्मचारीको सरुवा नगर्न र भइसकेको भए रमाना नदिन निर्देशन

सम्बन्धित समाचार : चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

सम्बन्धित समाचार : अविलम्ब ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग, थप ४० हजार कर्मचारीलाई मतदानमा समावेश गर्नुपर्ने

सम्बन्धित समाचार : विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै आपत्ति

सम्बन्धित समाचार : कानुन नभेटेपछि कर्मचारीको चुनाव रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सकस

सम्बन्धित समाचार : ट्रेड युनियनको नयाँ निर्वाचन मिति मंसिर २७

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका लागि नियुक्त अधिकृतहरू मङ्सिर २७ सम्म निरन्तर

Tags :
प्रतिक्रिया दिनुहोस