कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)


२९ भाद्र २०७७, सोमबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

सिँहदरवारस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आउँदो असोज २४ गते शनिवार हुने निर्वाचनका लागि कार्यक्रम प्रकाशित गरेको हो ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार असोज ९ गते मतदाता नामावली प्रकाशन, ११ गतेसम्म मतदाता नामावली उपर दाबी विरोध, १३ गते अन्तिम मतदाता नामावली प्रकाशन र १४ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै १५ गते बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाममा दाबी विरोध गर्ने, १६ गते अपराह्न १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २४ गते शनिवार बिहान ९ बजेदेखि ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । मतपेटिका सङ्कलन भएपछि यथाशीघ्र मतगणना प्रारम्भ गरी नतिजा प्रकाशन गर्ने प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले बताए ।

कार्यालयले आज मात्रै विभिन्न ८ बुँदे निर्णय गर्दै निर्वाचन सम्बन्धी देखिएका द्विविधाहरू फुकाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

निर्वाचन कार्यक्रम मै सार्वजनिक भएसँगै अव असोज २४ मा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन हुने पक्का पक्की भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस