कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा


२ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । आगामी २४ असोजमा हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनावको तयारी तीव्र रूपमा अघि बढी रहेको छ ।

देशैभर स्थापित एक सय सात वटा निर्वाचन अधिकृतको कार्यालयबाट चुनावका लागि आवश्यक सबै तयारीहरू तीव्रतर रूपमा अघि बढेसँगै सरकारले तोकिएकै मितिमा चुनाव सम्पन्न हुने करिब पक्का भएको छ ।

प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालका अनुसार मतदाता नामावली अन्तिम चरणमा पुगेको छ । महालेखा परीक्षकको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयबाट मतदानमा भाग लिने कर्मचारीहरूको नामावली प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आई सकेको र महालेखा परीक्षकको कार्यालयको नामावली वेवसाईटमासमेत अपलोड भई सकेको प्रमुख निर्वाचन अधिकृत पौड्यालले जानकारी दिए ।

बिहीबार मात्रै पौडेलले काठमाडौँ जिल्ला निर्वाचन कार्यालय उद्घाटन गरेका थिए ।

यसैबिच तराईका केही जिल्लाहरूमा थ्रेसहोल्ड तथा कोरोनाको कारण देखाउँदै चुनाव सार्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । साढे चारदेखि पाँच करोड खर्च लाग्ने कर्मचारीको चुनावका लागि सरकारले धेरै काम अघि बढाई सकेकोले पछि सार्ने या रोकिन सक्ने अवस्था नरहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘कानुनअनुसार नै काम गर्ने हो’, ती अधिकारीले भने, ‘कानुनमै टेकेर सबै निर्णयहरू भएकोले रोक्नु पर्ने या सार्नुपर्ने देखिँदैन’

Tags :
प्रतिक्रिया दिनुहोस