ट्रेड युनियनको नयाँ निर्वाचन मिति मंसिर २७ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ट्रेड युनियनको नयाँ निर्वाचन मिति मंसिर २७


७ आश्विन २०७७, बुधबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन मङ्सिर २७ गतेलाई तोक्ने निर्णय भएको छ ।

असोज २४ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित गर्दै ‘अर्को निर्वाचन नहुन्जेलसम्म आधिकारिक ट्रेड युनियनको समय २०७८ वैशाख मसान्तसम्म थप्ने’ मङ्गलवारको मन्त्रिपरिषद् बैठकको निर्णयलाई सच्याउँदै दुई महिना पछि सारेर मङ्सिर २७ गते तोकिएको सिंहदरवार विशेष स्रोतले प्रशासनलाई बतायो ।

‘स्थगित गर्ने निर्णय त भयो तर कानुनी आधार नभएकोले कार्यान्वयनमा जटिलता उत्पन्न हुने देखिएपछि आजको छलफलबाट मङ्सिर २७ गतेलाई सार्ने निर्णय भएको छ’, स्रोतले भन्यो ।

यसअघि सरकारद्वारा घोषित समयावधिभित्रै निर्वाचन सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै तयारी पुरा गरी सकेको भए पनि ट्रेड युनियनकर्मीहरूकै अनेक गुट-उपगुटको खिचातानीका कारण कोरोना सङ्क्रमणलाई देखाउँदै स्थगित गर्ने निर्णयसम्म पुगेको थियो । तर निर्वाचन स्थगित गर्ने कानुनी आधार नभेटिएपछि थप सङ्कट उत्पन्न हुन गई सरकारलाई नै अफ्ठेरोमा पार्ने अवस्था सिर्जना भएको थियो ।

सम्बन्धित समाचार : कानुन नभेटेपछि कर्मचारीको चुनाव रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न सकस

विभिन्न ट्रेड युनियनहरूले विज्ञप्ति निकाल्दै तत्काल चुनावको मिति घोषणा गर्न मागसमेत गरेका थिए भने केहीले अदालत जाने तयारीसमेत गरेका थिए । चौतर्फी विरोध र कानुनी जटिलताको अवस्था सिर्जना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोक दर्शन रेग्मीलाई बोलाएर यस विषयमा थप जानकारी लिनुका साथै निर्णय सच्याउन भनेका थिए ।

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)

सम्बन्धित समाचार : कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा

सम्बन्धित समाचार : असोज २४ सम्म कर्मचारीको काज, सरुवा बन्द

सम्बन्धित समाचार : चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

सम्बन्धित समाचार : अविलम्ब ट्रेड युनियनको निर्वाचन घोषणा गर्न माग, थप ४० हजार कर्मचारीलाई मतदानमा समावेश गर्नुपर्ने

सम्बन्धित समाचार : विनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै आपत्ति

Tags :
प्रतिक्रिया दिनुहोस