ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय


६ श्रावण २०७७, मंगलबार


काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल न्याय सेवा, कानुन सहसचिव पौडेललाई निर्वाचन सम्पन्न नभएसम्मका लागि प्रमुख निर्वाचन अधिकृत तोकेको हो ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा १९ जना कर्मचारी व्यवस्था गरी निर्वाचन नभएसम्मका लागि सो को दरबन्दी स्वीकृत गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

साथै प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णय भएको छ भने जिल्लाको हकमा सो सम्बन्धी कार्य जिल्ला सरकारी वकिलको कार्यालयले गर्ने र थप जनशक्ति आवश्यक पर्ने भएमा सम्बन्धित निकायसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्ने निर्णय डा. खतिवडाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस