ट्रेड युनियन निर्वाचनका लागि नियुक्त अधिकृतहरू मङ्सिर २७ सम्म निरन्तर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ट्रेड युनियन निर्वाचनका लागि नियुक्त अधिकृतहरू मङ्सिर २७ सम्म निरन्तर


११ आश्विन २०७७, आइतबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय भएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आइतबार गरेको निर्णयअनुसार निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको हो । नियुक्त निर्वाचन अधिकृतहरूले आफ्नो सरुवा, काज सरुवा वा अन्य कारणले जिम्मेवारी हेरफेर भएमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउन र प्रमुख निर्वाचन अधिकृतले नियुक्त गरेका निर्वाचन कार्यालयमा कार्यरत अन्य कर्मचारीहरूलाई आजैका मितिदेखि लागू हुने गरी फिर्ता गर्न समेत भनेको छ ।

त्यस्तै निर्वाचन कार्यालयको बोर्ड, स्टाम्प, कोठा, मतदाता नामावलीलगायतका निर्वाचन सम्बन्धी स्रेस्ता एवं सामाग्री आगामी निर्वाचनको लागि पुनः प्रयोगमा ल्याउने गरी सुरक्षित राख्नसमेत भनेको छ ।

आर्थिक पक्षको हकमा अर्थ मन्त्रालयबाट निर्णय भई आए बमोजिम जानकारी दिने र थप विषयका सम्बन्धमा समय समयमा जानकारी गराउनेसमेत प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस