ब्याट-१८ ले राख्यो सचिव राउतबारे चाँसो, पक्राउ प्रक्रियामा असन्तुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ब्याट-१८ ले राख्यो सचिव राउतबारे चाँसो, पक्राउ प्रक्रियामा असन्तुष्टि


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । निजामती कर्मचारीहरूको ब्याट–१८ टोलीले सचिव कृष्ण बहादुर राउतबारे चाँसो राखेका छन् । ललिता निवास जग्गा प्रकरणमा प्रहरी हिरासतमा रहेका सचिव राउतको पक्राउ प्रक्रियाबारे मुख्यसचिव डा.वैकुण्ठ अर्यालसँग टोलीले असन्तुष्टि जनाएको हो ।

आइतबार मध्यान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका ब्याट १८ का उपसचिव तथा सहसचिवहरूको टोलीले मुख्यसचिव डा. अर्याललाई भेटेका हुन् । भेटका क्रममा गल्ती गर्ने जो कोही कारवाहीको भागीदार हुने र छानबिनका क्रममा अनुसन्धान गर्न सक्ने भए पनि अपराधी करार गर्ने हिसाबले जान नहुने धारणा राखेका थिए । ‘अनुसन्धान गर तर अनुसन्धान गर्दा अपराधी करार गर्ने हिसाबले नगर भन्ने हो’ उनले भने ।

राउतले टिप्पणी उठाएको विषय दुई पटक क्याबिनेट निर्णय भई सकेको र विभागबाट आएको फाइल फरवार्ड गरेको भन्दै ती सहसचिवले भने ‘जुन विषयको अनुसन्धान पदमा नै रहेको बेला बोलाएर सोधपुछ पनि गर्न सक्थ्यो नि त !’

अनुसन्धान र पक्राउ भन्दा पनि प्रक्रियामाथिको आफ्नो विरोध रहेको मुख्यसचिव समक्ष ब्याटका अधिकृतहरूले राखेका थिए । दोषीलाई उन्मुक्ति देऊ भनेर आफूले भनेकै नभई कर्मचारीको नेतृत्व तथा अभिभावकका हिसाबले मुख्य सचिव र गृह सचिवले नेतृत्व गर्नु पर्ने उनीहरूको भनाई थियो ।

ब्यूरोक्रेटिक्स नम्स तथा भ्यालूज कायम राख्न उनीहरूले नेतृत्व गर्नुपर्छ भन्ने आफूहरूको भनाई रहेको जनाउँदै त्यो भूमिकाबाट कतै च्युत त भएको होइनन् भनेर सम्झाउन पनि सहकर्मीबारे चाँसो राखेको मुख्य सचिव डा. अर्यालसँगको भेटपछि कर्मचारीहरूले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राउत पक्राउको विषयलाई लिएर कर्मचारीहरूले असन्तुष्टि पोख्दै आएका छन् । निर्णय गर्ने उपल्लो तहका कर्मचारी र राजनीतिक व्यक्तिहरूलाई बाहिरै रहेको तर कर्तव्यपालनकै क्रममा आफ्नो जिम्मेवारी पूरा गरेकै आधारमा तल्लो तहका कर्मचारी पक्राउ गरेको भन्दै उनीहरूले आपत्ति जनाउँदै आएका छन् ।

सो क्रममा प्रशासनिक सुरक्षा कमान्डको हिसाबले गृह सचिव र समग्र सार्वजनिक प्रशासनिक नेतृत्वका रूपमा मुख्य सचिव डा. अर्यालले आफ्नो भूमिका निर्वाह गर्न चुकेको भन्दै कर्महरूमा केही असन्तुष्टिका स्वरहरू सुनिन थालेका छन् ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले सोमबार हेर्ने

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा धरौटीमा छाड्ने आदेश लगत्तै ललिता निवासमा पक्राउ परे केशव तुलाधर

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अनुसन्धानका लागि पाँच दिन म्याद थप

सम्बन्धित समाचार : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सम्बन्धित समाचार : सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार पेशी

सम्बन्धित समाचार : समरजंग कम्पनीका सह लेखापाल पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक पनि पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका पूर्व उपसचिव श्रेष्ठ पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका थप दुई जना पक्राउ

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

सम्बन्धित समाचार : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठिक भएन – पूर्व मुख्य सचिव 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा नापी अधिकृतसहित थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : मीनबहादुरसहित तीन जनाको रिट निवेदन न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो

सम्बन्धित समाचार ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ

म्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस