ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा


१९ असार २०८०, मंगलबार


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन आरोपितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नभ्याइने सूचीमा परेर स्थगित भएको छ ।

असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई रिहा गर्नुपर्ने माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरूले हदम्याद सकिएको किर्तेसम्बन्धी मुद्दामा आफूहरूलाई पक्राउ गर्न नमिल्ने दाबी गरेका छन् ।

रिटको प्रारम्भिक सुनुवाइपछि प्रहरीविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो ।

सोमबार प्रहरीको लिखित जवाफ पेस भएसँगै आज न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

यस प्रकरणमा पक्राउ परेका ९ आरोपितलाई काठमाडौँ जिल्ला अदालतले किर्तेसहित सङ्गठित अपराधसमेत थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो

सम्बन्धित समाचार ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सम्बन्धित समाचार-ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार-ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ

म्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस