ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी


१९ असार २०८०, मंगलबार


काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग गर्दै नेपाल प्रहरी अदालत पुगेको छ ।

१५ महिनाअघि न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले हदम्यादमा प्रश्न उठाई ललिता निवास जग्गा प्रकरणका १७ जना आरोपितलाई पक्राउ र धरपकड नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा किर्ते आरोपमा अनुसन्धान अघि बढाएपछि १२ असारमा पक्राउ परेका ७ मध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी सोही अन्तरिम आदेश देखाएर रिहा भएका थिए ।

पक्राउ परेकाहरू अदालतको अन्तरिम आदेश देखाएर छुटेपछि प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सर्वोच्च अदालत पुगेको हो । दुवै निकायले अन्तरिम आदेश त्रुटिपूर्ण रहेको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाइरहेको थियो । त्यतिबेलै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेषमा भ्रष्टाचार मुद्दा परेपछि भ्रष्टाचारका आरोपित कलाधर देउजा, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी लगायत १७ जना सर्वोच्च अदालत गएका थिए ।

नेपाल प्रहरीले ललिता निवास प्रकरणको जग्गा किर्तेवारे अनुसन्धान गर्ने हदम्याद कायमै रहेको दाबी गरेको छ ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो

सम्बन्धित समाचार ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सम्बन्धित समाचार-ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार-ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ

म्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस