काठमाडौँ । ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो।
यो प्रकरणमा सिआइबीको अनुसन्धान जारी छ। मंगलबार व्यवसायी मीनबहादुर गुरुङसहित सातजनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
सिआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ ।
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ
सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ