ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे


१२ असार २०८०, मंगलबार


काठमाडौँ । ललिता निवास प्रकरणमा अदालतबाट ‘स्टे अर्डर’ लिएका तीन जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको छ। 

मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न ‘स्टे अर्डर लिएको खुलेको थियो। 

‘स्टे-अर्डर’ लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।  

केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्की छन्। 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस