काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आरोपीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।
उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
२०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो। यसअघि सिआइबीले अनुसन्धान सकेर तीन सयजनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो।
त्यसपछि अहिले पुनः सिआइबीले अनुसन्धान थालेको हो। आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि सिआइबीले त्यसको खारेजीको मागसहित भ्याकेट निवेदन दिएको छ। केही आरोपीहरूले भने बन्दीप्रत्यक्षीकरणको रिट दिएका छन्।
सम्बन्धित समाचार : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सम्बन्धित समाचार : सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार पेशी
सम्बन्धित समाचार : समरजंग कम्पनीका सह लेखापाल पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक पनि पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका पूर्व उपसचिव श्रेष्ठ पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका थप दुई जना पक्राउ
सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित
सम्बन्धित समाचार : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति
सम्बन्धित समाचार : उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठिक भएन – पूर्व मुख्य सचिव
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा नापी अधिकृतसहित थप दुई जना पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ
सम्बन्धित समाचार : मीनबहादुरसहित तीन जनाको रिट निवेदन न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा
सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल
सम्बन्धित समाचार : ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ
सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ
सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ