ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण


१३ असार २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ललिता निवास जग्गा प्रकरणमा ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले उक्त प्रकरणमा साना व्यक्तिहरू समातिन थालेको बताउँदै ठूला व्यक्तिहरू समातिनेमा शङ्का व्यक्त गरेका हुन्।

‘ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो,’ उनले भने, ‘ठूला ४ आना, ८ आना, ३२ आनाका माछाहरूपनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस्। भूरालाई जालमा हाल्ने ठुलालाई छोड्ने काम नगरोस्।’

उनले पशुपतिनाथको जलहरी प्रकरणमा पनि दुइटा मुचुल्का तयार भएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन माग पनि गरेका छन्।

खतिवडाले जलहरी प्रकरणमा संलग्न १३ जनाको नाम प्राप्त भएपनि केही मन्त्रीका पिएसो र ड्राइभरहरू छुटेको बताउँदै उनीहरूको पनि नाम समावेश गर्नुपर्ने बताए।

‘सञ्चारमन्त्रीले हो कि पर्यटन मन्त्रीले हो, कसैको पनि नाम नछुटोस्। कति परे कति परेनन् । स्वर्ण अक्षरले नाम लेख्ने परम्पराको विकास होस्,’ उनले भने।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सम्बन्धित समाचार-ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार-ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ

म्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस