ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति


१३ असार २०८०, बुधबार


काठमाडौँ । प्रहरीले ललिता निवास निवास जग्गा प्रकरणमा ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ गर्न अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

सीआईबीले मङ्गलवार सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

जसमध्ये अदालतबाट यसअघि नै ‘स्टे अर्डर’ लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो ।

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेका ब्युरोले जनाएको छ ।

सम्बन्धित समाचार-ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार-ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा


Tags :
प्रतिक्रिया दिनुहोस