काठमाडौँ । सांसद प्रेम सुवालले, बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका पूर्व प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले गिरोहले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नाम जोडिएका पूर्व प्रधानमन्त्रीहरू संसदको सदस्य भएकोले उनीहरूले सदनलाई स्पष्टीकरण दिनुपर्ने बताएका हुन् ।
उनले भने,‘गिरोहले ४९ साल देखि ६७ सालसम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचबिखन गरेको यसमा पूर्व प्रधानमन्त्री उपप्रधानमन्त्री र मन्त्रीहरूसमेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसदले, संसद सदस्य समेत भएका पूर्व प्रधानमन्त्रीहरूलाई संसदमै स्पष्टीकरण दिन लगाउन जरुरी छ ।’
उनले हिजो (मंगलबार) बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूमाथि गम्भीर छानबिनको माग समेत गरे ।
‘बालुवाटार स्थित ललिता निवास जग्गा १ सय ४३ रोपनी ६ आना अर्थात् १३ अर्ब ७६ करोड बराबरको हिनामिनामा संलग्न रहेको आरोपमा हिजो पूर्व अधिकारीसहित केही मानिस पक्राउ गरेका छन् ।