ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले सोमबार हेर्ने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले सोमबार हेर्ने


३१ असार २०८०, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणको बन्दीप्रत्यक्षीकरणको रिट सोमबार पनि हेर्ने भएको छ। 

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट हालेका चार जनाको पेशी सोमबारका लागि राखिएको हो। 

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार आज परेको पेशी भोलि पनि निरन्तरता दिइने भएको हो। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह र धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।

सचिव राउतलाई आइतबार नै सर्वोच्चमा उपस्थित गराउन भनिएको थियो। उनलाई उपस्थित गराएपनि थप सुनुवाइ हुननसकेपछि सोमबार पनि उपस्थित गराउन भनिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा १७ जनालाई पक्राउ गरिसकेको छ। आइतबार मात्रै काठमाडौं जिल्ला अदालतबाट थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न ब्युरोले अनुमति पाएको छ।  

ब्युरोले यस प्रकरणमा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। यसअघि सरकारी जग्गा कीर्ते कसुरमा अनुसन्धान गरिरहेको थियो। यसरी संगठित अपराधमा अनुसन्धान गर्दा सुरूमा पक्राउ गरेको दिनबाट ६० दिनको म्याद हुन्छ। प्रहरीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे, समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल, नक्कली मोही देवनारायण महर्जन, तत्कालीन नापी अधिकृत ध्रुव अर्याल र गोपाल कार्कीलाई पक्राउ गरेको छ। 

काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पनि पक्राउ परेका छन्। समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल, भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र प्रहरी हिरासतमा छन्। 

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा धरौटीमा छाड्ने आदेश लगत्तै ललिता निवासमा पक्राउ परे केशव तुलाधर

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अनुसन्धानका लागि पाँच दिन म्याद थप

सम्बन्धित समाचार : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सम्बन्धित समाचार : सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार पेशी

सम्बन्धित समाचार : समरजंग कम्पनीका सह लेखापाल पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक पनि पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका पूर्व उपसचिव श्रेष्ठ पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका थप दुई जना पक्राउ

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

सम्बन्धित समाचार : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठिक भएन – पूर्व मुख्य सचिव 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा नापी अधिकृतसहित थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : मीनबहादुरसहित तीन जनाको रिट निवेदन न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो

सम्बन्धित समाचार ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ

म्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस