ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा


१२ असार २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ललिता निवास प्रकरणका दोषीहरूलाई उन्मुक्ति नदिइने बताएकी छन् । 

मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्दै मन्त्री शर्माले ललिता निवास प्रकरणका जोसुकै दोषीहरूलाई उन्मुक्ति नदिने बताएकी हुन् । 

शर्माले सरकार सुशासनको पक्षमा लाग्ने र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको बताइन् । उनले ललिता निवास प्रकरणका दोषी देखिए कसैलाई नछोड्ने बताइन् ।

शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नभएको बताइन् । सरकार ढल्ने कुरा अफवाह भएको उनले स्पष्ट पारिन् ।

यसअघि, आजै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सातजनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस