काठमाडौँ । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार ३२६ बराबरका विभिन्न सामान बरामद गरिएको हो ।
नम्बर ७ गण मुख्यालय, सिरहाका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, इलेक्ट्रिक सामान, किराना सामग्री तथा डिजेल बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ।







