‘ललिता निवास जग्गा प्रकरणले कर्मचारीहरूलाई असुरक्षित महसुस गरायो’ -निजामती सेवा संरक्षण समूह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘ललिता निवास जग्गा प्रकरणले कर्मचारीहरूलाई असुरक्षित महसुस गरायो’ -निजामती सेवा संरक्षण समूह


२ श्रावण २०८०, मंगलबार


काठमाडौँ । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा कर्मचारीहरूलाई अनावश्यक रूपमा मुछिएको प्रति निजामती सेवा संरक्षण समूहले आपत्ति जनाएको छ । कर्मचारीहरूलाई धरपकड गर्ने, दुःख दिने र मानमर्दन गर्ने गरी भएका कार्यप्रति समूहले आपत्ति जनाएको हो ।

समूहका तर्फबाट मङ्गलवार विज्ञप्ति निकालेर उक्त घटनाबाट कर्मचारीहरूको मनोबल गिराउने काम भएको भन्दै आपत्ति जनाइएको हो । कार्यस्थलमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न र निर्णय प्रक्रियामा सहभागिता जनाउनसमेत हतोत्साहित बनाएको, जथाभाबी भएको धरपकडले तलदेखि उपल्लो तहसम्मका आम कर्मचारीहरू आतङ्कित बन्न पुगेका र असुरक्षित महसुस गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा कर्मचारीबाट कस्तो कार्यसम्पादनको अपेक्षा राख्ने हो, सोचौँ ।’

माथिको आदेश पालना गर्ने कर्मचारीलाई अनुसन्धानका नाममा अनावश्यक दुःख दिने प्रवृतिले सङ्घीय संरचनाअनुरूप सेवाको पुनर्संरचना समेत नभइसकेको तरल अवस्थामा निजामती सेवालाई थप कमजोर पार्नका निमित्त कतै यस्ता घटनाहरू भएका हैनन् ? भन्ने शङ्का उब्जिएको विज्ञप्तिमा उल्लेख छ । ‘अनुसन्धानको नाममा निर्णयकर्ताहरूलाई पन्छाउँदै आवश्यक निर्णयार्थ पेश गरेको छु भनी राय लेख्ने शाखा अधिकृत, कार्यालयमा भएको आधिकारिक नक्साको ट्रेस प्रमाणित गर्ने अमिन, कार्यालयको विवरण लेखी पठाउने, दर्ता चलानीमा संलग्न हुने खरिदारसमेतका कर्मचारीहरूलाई माथिको आदेश र निर्देशनको पालना गरी कार्यालयको नियमित कामको सिलसिलामा आफ्नो कर्तव्य निर्वाह गरेकै आधारमा गरिएको धरपकड र अनुसन्धानको संवेदनशीलता र व्यक्तिको गोपनीयताको समेत बर्खिलाप हुने गरी अपराधी करार गर्दै सञ्चार माध्यममा छताछुल्ल पारिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

देशैभरि छरिएर रहेका तीन तहका सङ्घीय एकाइका सम्पूर्ण निजामती सेवकहरूलाई निजामती सेवा र निजामती कर्मचारीहरूप्रति भएको ज्यादती र अन्यायको विरुद्ध आफ्नो पेशागत मर्यादाभित्रै रहेर एकताबद्ध भई असहमति जाहेर गर्न समूहले विज्ञप्ति मार्फत आह्वान गरेको छ । उपसचिव सृजना तिवारीको संयोजकत्वको संरक्षण समूहद्वारा हस्ताक्षरित विज्ञप्तिमा सहसंयोजक पशुपति पोखरेल, मनोज न्यौपाने, विवेक घिमिरे, कमल मणी खतिवडा लगायतले हस्ताक्षर गरेका छन् । 

निजामती सेवाको गरिमाको पुनरुत्थानका लागि भन्दै स्वतःस्फूर्तता सङ्गठित भएको समूह सञ्चार सचिव कृष्ण बहादुर राउत पक्राउ परेसँगै सक्रिय भएको थियो । दुई सय ५० जना बढी कर्मचारी आबद्ध यो समूहमा जोडिने कर्मचारीहरूको संख्या बढ्दो छ ।  

सम्बन्धित समाचार : ललिता निवास जग्गा प्रकरण : आज पनि सुनुवाइ हुने

सम्बन्धित समाचार : सञ्चार सचिवसहितको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएन, हेर्दाहेर्दैमा राखियो

सम्बन्धित समाचार : ब्याट-१८ ले राख्यो सचिव राउतबारे चाँसो, पक्राउ प्रक्रियामा असन्तुष्टि

सम्बन्धित समाचार : ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले सोमबार हेर्ने

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा धरौटीमा छाड्ने आदेश लगत्तै ललिता निवासमा पक्राउ परे केशव तुलाधर

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अनुसन्धानका लागि पाँच दिन म्याद थप

सम्बन्धित समाचार : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सम्बन्धित समाचार : सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार पेशी

सम्बन्धित समाचार : समरजंग कम्पनीका सह लेखापाल पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक पनि पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका पूर्व उपसचिव श्रेष्ठ पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका थप दुई जना पक्राउ

सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित

सम्बन्धित समाचार : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठिक भएन – पूर्व मुख्य सचिव 

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा नापी अधिकृतसहित थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : मीनबहादुरसहित तीन जनाको रिट निवेदन न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा

सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ

सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो

सम्बन्धित समाचार ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल

सम्बन्धित समाचार : ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे

सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ

म्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ

सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस