२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस रकमसहित भेटेरिनरी अस्पतालका निमित्त प्रमुखसहित दुई जना अख्तियारको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दुई जनालाई घुस-रिसवत रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार राजविराज नगरपालिका-३ स्थित उक्त कार्यालयका निमित्त प्रमुख (पशु विकास अधिकृत, आठौँ तह) डा. दास र हलुका सवारी चालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूले सेवा दिएबापत प्राप्त गर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन माग गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले चालक यादवलाई घुसबापत लिएको ३३ हजार ३५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा उनको साथबाट स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँसमेत बरामद भएको आयोगले जनाएको छ ।

टोलीले कार्यालय प्रमुखको कार्यकक्षबाट विभिन्न रकम उल्लेख भएका चार थान चेक (कुल १ लाख २९ हजार रुपैयाँ बराबर) र मोबाइल एक थान बरामद गरेको छ । यस्तै, निमित्त कार्यालय प्रमुख डा. दासको साथबाट मोबाइल एक थान र १ लाख २५ हजार रुपैयाँ बराबरको एक थान चेकसमेत बरामद गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बरामद भएका नगद, चेक तथा अन्य सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

0 Comments