२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही असोज २४ गतेलाई तोकिएको कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

साउन ५ गते सरकारले कानुनका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्दै असोज २४ गतेको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । अनकन कानुनी अड्चनकाबिच निर्वाचनका लागि आवश्यक सबै तयारी र प्रक्रियाहरू पुरा भई कार्यतालिकासमेत प्रकाशित गरिसकेको अवस्थामा एकाएक निर्वाचन स्थगित भएको छ ।

सारिएको मिति नतोकिएकोले यसपछि निर्वाचन कहिले हुने भन्ने अन्यौल छ । मन्त्रालयले सोमबार पठाएको प्रस्तावमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको म्याद अर्को चुनाव नहुन्जेलसम्म या बढीमा २०७८ वैशाख मसान्तसम्म थप्ने उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हिजै साँझ मात्रै निर्वाचन रोक्न प्रस्ताव तयार मन्त्रिपरिषदको कार्यालयमा पठाएको थियो ।

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

कोरोना सङ्क्रमणका कारण निर्वाचन स्थगित गर्नुपरेको जनाइए पनि तत्कालीन एमाले र माओवादीका कर्मचारी सङ्गठनबिच एकता भई नसकिएको, विशेष परिस्थितिमा पनि कर्मचारीको हक हितमा आवाज नउठाएको भन्दै ट्रेड युनियनप्रति कर्मचारीको नकारात्मक धारणा पैदा भएकोले त्यसको असर परिणाममा देखिने र ट्रेड युनियनकै केही नेताहरूले यस्तै अवस्थामा आफ्नो फाइदा देखेकोले निर्वाचन रोक्नतर्फ गरेको लबीले काम गरेको उच्च स्रोतले बताएको छ ।

साथै ‘बाख्रो पनि हराउनु, बाघ पनि कराउनु’ भनेजस्तै त्यही बेला मधेसी निजामती कर्मचारी मञ्चले अदालत जानुका साथै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्वाचन स्थगित गर्न पत्राचारसमेत गरेका थिए ।

सम्बन्धित समाचार : कर्मचारीको चुनावमा अन्योल, मतदाता को ?

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनका मतदाता बारे कानुन मन्त्रालयसँग राय माग

सम्बन्धित समाचार : ट्रेड युनियन निर्वाचनमा स्थानीय र प्रदेश कर्मचारीले पनि मतदान गर्न पाउने, पछि नियुक्त भएका १० हजारले नपाउने

सम्बन्धित समाचार : ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेल प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय

सम्बन्धित समाचार : कर्मचारी ट्रेड युनियनको निर्वाचन कार्यक्रम सार्वजनिक(कार्यक्रमसहित)

सम्बन्धित समाचार : कर्मचारी चुनावको तयारी तीव्र, नामावली सङ्कलन अन्तिम चरणमा

सम्बन्धित समाचार : असोज २४ सम्म कर्मचारीको काज, सरुवा बन्द

सम्बन्धित समाचार : चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा

सम्बन्धित समाचार : आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न संघीय सरकारलाई मुख्यमन्त्रीको पत्र

प्रतिक्रिया दिनुहोस