काठमाडौँ । जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाहीलगायत तीन जना महिला पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् ।
उनीहरुविरुद्ध अपमानजनक व्यवहार गरेको भन्दै मुद्दा दायर भएको हो ।
०७९ जेठ २१ मा घर नजिकैको जंगलमा विनोद शाही मृत भेटिएका थिए । काँग्रेस कार्यकर्ताले शाहीको हत्या गरेको एमाले कार्यकर्ताको आरोप छ । उक्त घटना काँग्रेस र एमाले जोडिएर राजनीतिकरण भएपछि अहिलेसम्म पनि त्यसको असर परिरहेको छ । विनोद शाही मृत्यु प्रकरणको मुद्दा अदालतमा विचाराधीन अवस्थामा भए तापनि घटनाले राजनीतिक रूप लिएपछि पटक-पटक विवाद हुँदै आएको छ ।
सोही क्रममा पञ्चदेवल विनायक-४ बाट निर्वाचित जिल्ला समन्वय समिति उपप्रमुख शाही पनि मुछिएकी थिइन् ।